लस एन्जलसमा आगो

(कविता) लस एन्जलसमा आगो

 

  • दिलिप राई सागर

लस एन्जलस जलिरहेछ
दुनियाँले देखे-
आगोको लप्कामा हुरहुरी बलिरहेछ
त्यो विभत्स घट्ना हेरेर
संसार अत्तालिरहेछ
चुक् चुक् चुक्

राजनितिक मान्छेहरुको अनेक दाबी
धार्मिक मान्छेहरुको अनेक घारणा
साँस्कृतिकहरुको अनेक कल्पना
कुलीनहरुको अनेक सोच
सर्वसाधरण अनेक मत
विश्वलाई मुठ्ठीमा राख्ने
शक्तिशाली मुलुक
हेर कसरी जलिरहेछ ।

तमाम स्तब्ध
आँखामा सन्त्रास
मुटुमा भक्कानो
हृदयमा दया
मनमा माया
अकल्पनीय त्र्याहिमान
क्यालिफोर्निया
आगोमा दन्दनी जलिरहेछ ।

कोही जीसस पुकारिरहेछ
कोही अल्लाह भनिरहेछ
कोही राम जपिरहेछ
कोही बुध्द डाकिरहेछ
कोही नास्तिक
सुपर पावर सम्झिरहेछ
तर आगो निभाउन
मान्छे नै चाहिनेरहेछ
मान्छे नै खटिरहेछ
मान्छे बचाउन
मान्छे नै कुदिरहेछ
मान्छे नै उडिरहेछ
राक्षस आगो
विनासकारी हात बढाईरहेछ
सनै;सनै
मान्छेले आर्जेको सुख र समृध्दी
मान्छेको अहमकार
खाक भईरहेछ ।

कति दिन लाग्छ
त्यो आगो निभाउन
बर्खाको पानी परे हुन्थ्यो
ओफ !
समवेदना भन्छु
म त समाचार हेर्न
सकेको छुइन ।