साङधुङगे सेरेङ सङजुम्भोको प्रथम वार्षिक साधारण सभा सम्पन्न

धरान/ साङधुङगे सेरेङ सङजुम्भोको प्रथम बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

सुनसरीको धरानस्थित कियाचुहिममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङको प्रमुख आतिथ्यतामा थिबोङ याक्थुङ (दश लिम्बु) हरु मध्ये साङधुङगेका सिसिगेन सेरेङहाङको सन्तानहरु, नाल्बो, केदेम, साम्याङखाम, मादेन, चोङवाङ, लङवा, हाङगाम, लिङथेप, तुम्बाहाङ्फे, थुयुमा, र सिङधाबा लगायतको सामाजिक छाता संस्था सङजुम्भोको प्रथम बार्षिक साधारणसभामा प्रत्येक थरगत (सयङ)का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संयकहाङ लिम्बू उत्थान समाज केन्द्रीय सदस्य/प्रकाशन्मोख सङयक बंशावली लेखक सम्पादक भबिराज तुम्सा सङयक त्यस्तै गरी मासेरेङ यक मान्ने ७ थरी थरगतहरुको अध्यक्ष/प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

सभा साङधुङगे सेरेङ सङजुम्भो अध्यक्ष सेसेमी सेरेङ नाल्बोको सभाध्यक्षतामा, संचालन सचिव उतमकुमार लिङथेपले गरेका थिए ।