कुम्मायक/ पान्थर कुम्मायक गापा- १ स्थित यासकमा पहिचानवादी मोर्चाको भेलाले पहिचानवादी मोर्चा कुम्मायक गाउँपालिका कार्य समिति आज गठन गरेको छ ।
भेलाले पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लाओतीको प्रमुख आतिथ्यतामा तारानाथ सम्बाहाङ्फे संयोजक, इन्द्रकला लाओती, अमर लाओती सहसंयोजक, सन्दिप सम्बाहाङ्फे सदस्य सचिव र आर्थिक बिभाग प्रमुख तेज प्रकाश लाओती सहित २१ सदस्य पहिचानवादी मोर्चा कुम्मायक गाउपालिका कार्य समिति गठन गरेको हो ।
उक्त भेलाले पहिचानवादी महिला मोर्चा कुम्मायक गाउपालिका कार्य समिति पनि गठन गरेको छ । महिला समितिको संयोजकमा सुनिता लाओती, सह-सहयोजकमा सरस्वती नेम्वाङ र सदस्य सचिवमा देबिमाया लिम्बू सहित ११ सदस्य समिती चयन गरेको छ ।
कार्यक्रममा पहिचानवादी मोर्चाका संघीय सह संयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथ लिम्बुवान प्रदेशका सदस्य सचिव केदार धिमाल, संघीय सदस्यहरु देबेन्द्र लाओती, जकेन्द्र लाओती, गणेश चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।
संयोजक तारानाथ सङबाङ्फेको अध्यक्षतामा सम्पन्न भएको उक्त भेला पुर्ण लिम्बुले संचालन गरेका थिए ।


