बाह्रबिसे, मङ्सिर २९ / किरात याक्थुङ चुम्लुङ संखुवासभा सभापोखरी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार संखुवासभा सभापोखरीको बाह्रबिसेस्थित आदिवासी जनजाति महासंघ सम्वय परिसद सभापोखरीको सभाहलमा कियाचु लिम्बुवान प्रदेश समिति सदस्य दिलकुमार लौतीको प्रमुख आतिथ्यतामा तिलक मादेन सेरेङको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
समितिको उपाध्यक्षहरुमा मनिष हाङगाम, आइतराज मादेन सेरेङ, सचिवमा प्रेमकुमार सिङ्था सेरेङ, सह-सचिवमा जय कुमार वनेम फागो र कोषाध्यक्षमा चित्रकला साङ्वा निर्वाचित भएका छन ।
यस्तैगरी सदस्यहरुमा क्रमश: प्रनिल वनेम फागो, रविन मादेन सेरेङ, बल बहादुर मादेन सेरेङ, जेनिस वनेम फागो, जनम फावेन फागो,रन्जिता लिम्बू, मधु मादेन सेरेङ र बुद्ध वनेम फागो निर्वाचित भएका छन ।
त्यस्तै सल्लाहकार संयोजकमा पुर्व गाउँपालिका अध्यक्ष रत्न सुब्बा र सदस्यहरुमा भिम बहादुर लिम्बू, दिपक थलङ, जितेन्द्र वनेम फागो, जुद्दविर वनेम फागो, धन बहादुर लिम्बू र दिल बहादुर लिम्बू रहेका छन ।
कार्यक्रममा कियाचु रापस अनिल लिम्बू, कियाचु जिल्ला अध्यक्ष मदन मादेन सेरेङ, पुर्व गाउँपालिका अध्यक्ष रत्न सुब्बा, दिपक लिम्बू, आदिवासी जनजाती महासंघका पालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ र समाजसेवी दिल बहादुर लिम्बुले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी सभापोखरी ५ का वडाध्यक्ष मनिष हाङ्गामको समेत उपस्तिथि रहेको थियो ।
कार्यक्रममा कियाचु उपाध्यक्ष उपाध्यक्ष बाबुराम फावेन फागोको अध्यक्षतामा,स्वागत मन्तब्य वडा न ६ का वडाध्यक्ष जितेन्द्र वनेमले राखेका थिए भने संचालन जनजाति समन्वय परिषदका सचिव संगम मादेनले गरेका थिए ।
