दमकमा लुङा पत्रिकाको रजतबर्ष विशेषाङक विमोचन,थाकुहाङ र लोकमान सुब्बा पुरस्कृत

दमक, २२ मंसिर । पाँचथर मक्वा नेन्दीबुङबाट आजभन्दा २५ बर्ष अगाडि देखि निरन्तर प्रकाशन हुँदै आएको लुङा पत्रिका प्रकाशनको २५ बर्ष पुरा भएको अवसरमा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमक-८ स्थित पत्रकार मञ्च दमकको सभाहलमा आयोजित लुङा रजतबर्ष विशेषाङक पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा रजत अंक बिमोचन गरेको छ ।

कार्यक्रममा नाल्बो पत्रकारिता पुरस्कारबाट इतुङसा पत्रिकाका सम्पादक थाकुहाङ मेरिङ सङबाङभे पाँचौं र धड्कन पत्रिकाका आसामका लोकमान सुब्बा आङ्देम्बेलाई छैटौं पुरस्कार वितरण गरेको छ । पुरस्कृतहरुलाई ताम्रपत्रसहित नगद २० हजारको दरले सम्मान गरेको थियो ।

यसरी नै लुङा पत्रिकामा लामो समय देखि लेख रचना दिएर सहयोग पुर्याउनु हुने साहित्यकार सेन्छेन्हाङ हरि हुक्पा चोङबाङ, लछामी सेर्मा पापो, सेसेहाङ फियाक, लाल अञ्जान सङबाङभे, कृष्णा प्रिन्टिङ प्रेस दमकका प्रोप्राइटर पदम श्रेष्ठ र १८ बर्ष देखि कम्प्यूटर टाईपिङ र सेटिङ गरि सहयोग गर्ने दिलकुमार लाओतीलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा पुरस्कृत थाकुहाङ मेरिङ र लोकमान सुब्बाले आ–आफ्ना विचार लुङा पत्रिकाबारे बोलेका थिए ।

कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समिति सचिव साङसेन पन्दाक, समाजसेवी धिरेन लाओती, कुम्मायक गा पा १ नम्बर वडा अध्यक्ष देवेन्द्रकुमार लाओती लगायत प्रभुत्व व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम लुङा पत्रिकाका सम्पादक/प्रकाशक सेसेमी से.नाल्बोको अध्यक्षतामा, लिम्बू भाषा साहित्य प्रतिष्ठानकी सचिव रचना लाओतीले गरेकि दिईन भने स्वागत मन्तव्य पत्रिकाका व्यवस्थापक इक्सा सङबाङभेले गरेकी थिइन ।

यसैगरी सोही दिन याक्थुङ वर्णविन्यासमा केम्फ्रेङ, मुक्फ्रेङ र सई प्रयोगबारे विमर्श र लिम्बू भाषामा आधुनिक साहित्य लेखन तथा समालोचना बारे विमर्श भएको थियो । कार्यक्रममा लिम्बु साहित्य लेखक तथा बुद्धिजिवीहरुको सहभागिता रहेको लिम्बु भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी से नाल्बोले बताए ।