लिङथेप कल्याणकारी समितिको पाँचौ साधारणसभा सम्पन्न अध्यक्षमा तुलाराम

मावादिन/ लिङथेप कल्याणकारी समितिको पाँचौ साधारणसभा सम्पन्न भएको छ ।

बिहिबार सङखुवासभा मादी नगरपालिका वडा नम्बर ८ मावादेन स्थित याक्थुङ समाजको भवन सम्पन्न लिङथेप कल्याणकारी समितिको पाँचौ साधारणसभाबाट सुबेदार तुलाराम लिङथेपको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ईन्द्रमान लिङथेप, सचिवमा अशोककुमार लिङथेप, सहसचिवमा शशिकुमार लिङथेप र कोषाध्यक्षमा मेहेरमान लिङथेप निर्वाचित भएका छन् ।

त्यस्तै गरि सदस्यहरुमा क्रमश: पुष्पराज लिङथेप, विदुर लिङथेप, आवती लिङथेप, चतुरमाया लिङथेप, मेनका लिङथेप र खगेन्द्र लिङथेप निर्वाचित भएको सेरेङ लिङथेप बंशावली खोज अनुसन्धान उपसमिति संयोजक/लेखक उतमकुमार लिङथेपले बताए ।