झरना मुसाहाङ
दुर्दिम्वा/ पाँचथरको मिक्लाजङ गाउँपालिका वडा नम्बर ८ दुर्दिम्बा सावेत्छा बस्ने पहिरो पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
गत असोज ८ देखि १२ गतेसम्म अविरल आएको वाढी पहिरोले घर बगाएको स्थानिय दिपेन थक्सु र कल्पना वाजी थक्सुको घर बर्षातले दुईवटा घर र घर सङ्गै घरमा प्रयोग हुने नगदी जिन्सी सहित लाखौंको क्षति भएको थियो ।
सो घर पुनः निर्माणमा केही राहत पुगोस् भनी समाजसेवी संघीय लिम्बुवान सामाजिक मञ्च युएई वरिष्ठ उपाध्यक्ष, किरात याक्थुङ चुम्लुङ युएई उपाध्यक्ष, किरात धर्म तथा साहित्य उत्थान संघ युएई सल्लाहकार विक्रम वाजी लिम्बुको अभियानबाट ९८ हजार ५५ संकलन गरि पठाएको नगद स्थानीय,समाजसेवी, राजनैतिक दलका प्रतिनिधि,वडा जनप्रतिनिधि प्रहरी प्रशासनको रोहवरमा वडाध्यक्ष रामेश्वर वाजीबाट हस्तान्तरण गरिएको छ ।
त्यसै गरि दुर्दिम्बा हाल कम्बोडियामा कार्यरत अमर वाजीबाट ३० हजार रुपैयाँ , अमेरिका बस्नुहुने कृष्ण थक्सुबाट २५ हजार रुपैयाँ र रणमाया सिङगकबाट पाँच हजार रुपैयाँ नगद पनि समाजसेवी गणेश वाजीद्वारा हस्तान्तरण गरिएको समाजसेवी विक्रम वाजीले वताए ।

