दमकमा लुङा पत्रिका रजत वर्ष विशेषाङ्क विमोचन हुने

दमक/ लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ विमोचन गर्ने भएको छ ।

लुङा त्रैमासिक पत्रिका प्रकाशन समितिको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गा.वि.स.-९ नेन्दिबुङ हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी प्रकाशन सुरु गरेको पत्रिका दमक १ सम्पर्क कार्यालय रहेको छ ।

दुई पत्रकार पुरस्कृत हुने
सोही विमोचनमा दुई जना पत्रकारलाई याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।
याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट क्रमशः इत्तुङ्साङ समसामयिक पत्रिकाका प्रकाशक/सम्पादक थाकुहाङ मेरिङ सङबाङफे र धड्कन पत्रिका (भारत, आसाम)का प्रकाशक/सम्पादक लोकमान सुब्बा आङदेम्बे पुरस्कृत हुने भएका छन् । पुरस्कृत पत्रकारद्वयलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिने र यसअघि २०७४ देखि ०७८ सम्म सो पुरस्कार याक्थुङ साम्नी यम्बुगेनले पाँचथरको फेदेनबाट वितरण गर्दै आएको सेनाल्बोले वताए ।