पंगेन्हाङ वंशावली दोस्रो संस्करण विमोचन

  • मुसाहाङ अम्याङसा 

मराहङ/ पंगेन्हाङ् समाज केन्द्रीय समितिले पंगेन्हाङ वंशजको वंशावली दोस्रो संस्करण-२०८१ प्रकाशन गरि मङ्सिर १ गते शनिबार विमोचन सम्पन्न गरेको छ ।

शनिबार लिम्बुवान तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-६, स्थित सिकिदेनमा पंगेन्हाङ् थरको पुस्तक विमोचनमा मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङको प्रमुख आतिथ्यमा वंशावली विमोचन गरेको हो ।

पंगेन्हाङहरुको इतिहास, उद्गमस्थल, संस्कार संस्कृति, रीतिरिवाज, माङगेन्ना यक, मुन्धुम, वंशबृक्ष समेटेर तयार गरिएको छ । पंगेन्हाङको प्रथम संस्करण २०५१ सालमा प्रकाशन गरेको हो ।

पोक्लाबाङ यकलाई आफ्नो माङगेन्ना यक मान्ने पंगेन्हाङहरु सेङसेङगुम फेदापहाङ, नाम्बो नाम्हाङदिङ, सिदिइङ हुदै तेनहाङको माइली श्रीमती पट्टीको लाहाङदोखाको सन्तान नै पंगेन्हाङ भन्ने पुस्तकमा उल्लेख गरेको छ ।

पंगेन्हाङहरुको उद्गमस्थल पोक्लाबाङबाट हाल तेह्रथुमको मेन्छ्यायेमको मराहङस्थित सिकिदेन स्थानबाट अन्य जिल्लाहरु सुनसरी, मोरङ, झापा, काठमाडौ लगायत देश विदेशमा पंगेन्हाङहरुको बसोबास रहेको छ ।

कार्यक्रममा पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ,पंगेन्हाङ समाज संस्थापक अध्यक्ष क्या. शिव कुमार पंगेन्हाङ्,पंगेन्हाङ समाज धरान तराइ उपसमिति सचिब तथा लेखन सम्पादन उपसमिति डिक बहादुर पंगेन्हाङ्
लगायतले शुभकामना मन्तव्य राखेका थिए । पंगेन्हाङ बंशावली दोस्रो संस्करण-२०८१ काजीमान पंगेन्हाङ, डिक बहादुर पंगेन्हाङ र सुर्य बहादुर पंगेन्हाङको लेखन सम्पादन रहेको छ ।

कार्यक्रम पंगेन्हाङ समाज केन्द्रीय समिति अध्यक्ष लाख बहादुर पंगेन्हाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य पंगेहाङ बंशवाली लेखनका मुख्य सल्लाहकार/तदर्थ समिति उपाध्यक्ष श्रीप्रसाद पंगेन्हाङ र पंगेन्हाङ् समाज धरान-तराइ उपसमिति सह सचिब/लेखन सम्पादन उपसमिति सुर्य बहादुर पंगेन्हाङले राखेका थिए ।

विमोचनमा केलाङ,सास्कृतिक झाकी समेतको प्रस्तुती रहेको थियोे ।