धरानमा याक्थुङ कुरुम्बाङ सङजुम्भोको हिम निर्माण हुदै

  • मुसाहाङ अम्याङसा 

धरान/ याक्थुङ कुरुम्बाङ सङजुम्भोको हिम निर्माण हुने भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ५ स्थित आपटारमा याक्थुङ् कुरुम्बाङ् सङ्जुम्भोले २०७५ सालमा तीन कठ्ठा जग्गा संस्थाको नाममा खरिद गरेको थियोे ।

गत २०८१ बैशाख २२ गते शिलान्यास गरि अनुमानि एक करोड ५० लाखको लागतमा इस्टिमेट गरि हिम निर्माण गर्न थालनी गरेको हो । अहिले निर्माणाधीन याक्थुङ कुरुम्बाङ सङजुम्भो हिम ८०% काम सम्पन्न भईसकेको र अब दुई महिनाभित्र लगभग भवन निर्माण सम्पन्न गरि सक्ने भवन (हिम) निर्माण समिति संयोजक हर्कजङ कुरुम्बाङले वताए ।