चिचिलिङ पाेखरी र वजी, मुसाहाङकाे सम्बन्ध

  • प्रवेग हाङस्रोङ

फेदाप/ परापूर्व समयमा फेदाप्पेहरुका पुर्खा नाम्बाे नाहाङ्दिङकाे नाति नामहाङदिङकाे छाेरा सिदिइङ र साङ्लाइङ सिकार खेलि हिड्दा एक दिन चिचिलिङ पाेखरी भएकाे स्थानमा पुगेछन् ।

दुवै दाजुभाई सिकार नपाएकाे र भाेक प्यासले लखतरान भएकाे अवस्थामा चाैरमा बसी दाजु चाहिँले दाहिने हात पछाडि लाँदा छिप्छिपे पानी-पानी भएकाे भेटेछ। प्यासले आकुल भएका दाजुभाईले सिकार मार्न बाेकेका धनुवाणले कुवा बनाएर पानी खाएछन् । च्वातिन (चिजिलिङ्) भन्दा भन्दै कालान्तरमा चिचिलिङ हुन गएकाे जनश्रुति पाईन्छ ।
पछि सिदिइङ फेदापका हाङ भए भने साङ्लाईङ तराई झरि विजयपुरका हाङ(राजा) भए ।

सिदिइङका चार पुस्ता पछिका याङ्दाेकाेका कान्छा छाेरा मुसुहाङयाेम्हाङका सन्तानहरु हाल मुसाहाङ र वजी थरी भएर बसेका छन् ।

१८१०काे कुरा हाे। एक दिन मुसाहाङ र वजीका पूर्खा दुई दाजुभाई डुल्दै घुम्दै चिचिलिङ पाेखरी पुगे छन् । भाईलाई प्यास लागि पानीखान जाँदा खुट्टामा केहि चिजले टाेके जस्ताे भएछ ।

खोज्दा त नानी जत्राे भ्यागुताे रहेछ । अब मार्नु पर्याे भनि दाजुभाईले खाेज्न थाले छन् । भाले पाेखरी,पाेथी(झ्याउ) पाेखरी, छाेरी पाेखरी सबैतिर दिउँसाे भरि खाेज्दा पनि कहिँ कतै उक्त भ्यागुताे फेला परेन छ । साँझ पख दाजुभाई निरास भई घर फर्के छन् (१८१०) ।

साेहि राति मुसल्धारे पानी पर्न सुरु गरी भाले र छोरी पाेखरी फुटि सिम्ले भाेगटेनीका मुसाहाङ र वजीका पूर्खाहरुलाई बगाई लगेछन् । बाँचेकुचेकाहरु रातारात भागी काेहि पारी मुसेखाेला (मुसे गैराेमा गई बसेछन् ) काेहि जलजले निगाले गई बसेछन् ।

विस्तारै मुसाहाङका सन्तानहरु मुसाङ नाम कायम गरि मुसाङ्खेल हुँदै अन्यत्र गएछन् भने काेहि आठराई मुसेगैराेबाट आठराईकाे ह्वाकु, याङ्खुवा, लगायतकाे स्थानमा सरे छन्।

मुसाहाङ(केपहाङका)सन्तान भने पान्थर दुर्दिम्बा गई बसेका छन् । वजीक पूर्खा यछाहाङ भने सिधै पान्थर दुर्दिम्बा गईबसे भन्ने जनश्रुतिहरु पाईन्छ ।
उक्त दिन मुसाहाङका सन्तानहरु मात्रै बगेर गएनन् । भाले पाेखरी र छाेरी पाेखरीका पदकहरु पनि उक्त भेलसंगै बगेर गएछन् । भाले पदक चाहिँ भेलबाढिबाट बाँची थगकलुङ गई बसेछन् भने छाेरी पदक चाहिँ पान्थर जाेरपाेखरीमा गई बसेछन् । यता पाेथी पदक मात्रै रहेकाले डाँडामा गई कराउने गर्दथे रे ।
एक दिन पारी थगकलुङकाे भाले पदकले सुनि ती दुई बिचमा सम्बाद हुन थालेछ । दैवकाे खेला १९९०मा अचानक पदकलुङमा बज्र परेपछि भने सम्बाद हुन छाड्याे भन्ने गाउँ घरका पाकाहरु बताउनु हुन्छ। आज पनि ती दुई पदक विशाल शिलाका रुपमा देख्न सकिन्छ । थगकलुङबाट नै थाेक्लुङ नाम रहन गएकाे जनश्रुति पनि छ।

वजी र मुसाहाङ दाजुभाइ भएता पनि हाल वजी थरिले भने दुर्दिम्बा गई बसेकाे वाजीरे गुफालाई नै फेच्चुवा (सहायक) माङ्गेन्ना यक मानि बसेका छन् भने त्यहाँका मुसाहाङहरुले भने आफ्नाे पूख्यौली थातथलाे खाेज्दै आई फेदाप्पे पाेक्लाबाङ माङ्गेन्ना यकलाई नै आफ्नाे मुल माङ्गेन्ना यक मान्दै आएका छन् ।

मुसाहाङ नै हालका मुसाहाङ, मुसुहाङ हुन् र वजीक नै हालका वजी,वाजी हुन् ।

श्राेत:पदमजङ् कुरुम्बाङ पोक्लाबाङ (१९९२/१/१०) ।
देउबहादुर मुसाहाङ (थाेक्लुङ)(२००५) ।
शिव कुरुम्बाङ (पाेक्लाबाङ) ।

द्रष्टव्य:- वाजी र मुसाहाङ दाजु र भाइ भएकाे २०६५ सालकाे पारित निर्णय जस्ताकाे त्यस्तै :