इलाममा पहिचानवादी मोर्चा जिल्ला समिति गठन, संयोजकमा सन्तराम

इलाम/ पहिचानवादी मोर्चा, ईलाम जिल्ला समिति कातिक २७ गते गठन गरेको छ।
लिम्बुवान इलाम जिल्लाको सदरमुकाममा बसेको भेलाले सन्तराम योङ्हाङको संयोजकत्वमा ४६ सदस्यीय पहिचानवादी मोर्चा, ईलाम जिल्ला समिति गठन गरेको हो । समितिको सहसंयोजकहरुमा क्रमश दोर्जे मोक्तान तामाङ,निर्मला चेम्जोङ,कुलबहादुर राई र सदस्यसचिवमा अमृत तामाङ रहेका छन् भने सदस्यहरुमा क्रमश कुमार फत्र लिम्बू,पूर्णचन्द्र फियाक,गंगा साउदेन,वीरमान तामाङ,दिलु राई,अम्बिका राई,भानु राई,सिवेन्द्र योङया,चतुरमान फियाक,देउ वहादुर नेम्बाङ,अम्बर किराती,श्याम येक्तेन,अर्जुन येक्तेन,राम लिम्बू,फुलकुमारी सेर्मा,तीलक बालाराई,शेरबहादुर लोक्ताम,भीम लोक्ताम,रमेश लिङ्दम,केबी थेबे,तीर्थकुमारी राई,लक्ष्मी राई,नन्द राई,कविता राई,मनकुमार लिम्बू,मौसम बराल,मुना लुइँटेल,हर्कमान सेन्चौरी,प्रदिप राई,राजकुमार राई,मानवहादुर विश्वकर्मा,बुद्व राई,आइतराज साम्बा,रणधोज खाम्दाक,गंगा खम्बू,चतुरमान फियाक,दुर्गा थेगिम,शेशे लिम्बू,गंगा योङ्हाङ,देवित्र लिम्बू र योगेन्द्र लाओती रहेका छन् ।

त्यसै गरि मोर्चाको जिल्ला सल्लाहकारमा याम लावती र दिनेश चेम्जोङ रहेका छन् ।

यसरी नै पालिका संयोजनमा पूर्णचन्द्र फियाक-देनपा,गंगा खम्बू -माई,कुमार फत्र -ईनपा,केबी थेबे- सन्दकपुर, दुर्गा थेगिम -फाक्फोकथुम र चुलाचुलीमा सिवेन्द्र योङयालाई जिम्मेवारी दिइएको पहिचानवादी मोर्चा केन्द्रीय सदस्य जेन्टल लाओतीले वताए ।

भेलामा संघीय समितिका सदस्य सचिव गोपाल किराती, संघीय सदस्यहरु टुपेन्द्र येक्तेन, केदार धिमाल, टिकाराम बराईली र गंगा राई सेर्माको उपस्थिति रहेको थियो ।