- हितराम तिल्लिङ
धरान/ याक्थुङ पा:न सिरिजङगा लिपिमा ग, घ, छ, ज, द, ध, ब, भ, र गरि ९ ओटा वर्णहरु समवर्ण हुन। याक्थुङ भाषा विज्ञान अनुसार समवर्णबाट शब्द निर्माण हुदैनन्। यी वर्णहरु बिचमा र अन्त्यमा मात्र आउने गर्छन।
त्यसैले लिम्बूको थरको नाम जबेगु हुदैन चबेगु हुन्छ। बोखिम हुदैन पोखिम हुनुपर्छ। बेघा हुदैन पेघा हुनुपर्छ। सम्बाहाम्फे होइन सङ्बाङ्भे हुनुपर्छ। तुम्बाहाङ्फे होइन तुम्बाङ्भे हुनुपर्छ आदि..।
त्यसैगरी वंशावली निर्माण गर्ने क्रममा वंशीय नाम (थर)मा हाङ जोड्ने प्रवृत्ति आएको छ। समुदायमा स्थापित वंशीय नामलाई हाङ थपेर अपभ्रंस गर्नु गलत हो। जस्तो कि, माङ्भुहरुले माबुहाङ, मुसाङहरुले मुसाहाङ, तुङ्घङहरुले तुम्बाहाङ, केभुकहरुले केबुहाङ, इम्सङहरुले इमेहाङ, आङ्भाङहरुले आङ्बुहाङ, इवाहरुले इवाहाङ, खेवाहरुले खेवाहाङ, नयोङहरुले नयोङहाङ, खङ्वाहरुले खवाहाङ, सेनिहरुले सेनेहाङ आदिले हाङ थपेर आफ्नो वंशीय नाम (थर)को ओरिजिन गुमाएका छन।
अन्त्यमा, याक्थुङ जनजिब्रोले नसमात्ने वा भाषा विज्ञानले नमानेका सवै याक्थुङ वंशीय नामहरु विकृतिपुर्ण छन।
पेघा, पोखिम, चबेगु, माङ्भु, केभुक, मुसाङ, तुङ्घङ, इम्सङ, आङ्भाङ, इवा, खेवा, नयोङ, तुम्बाङ्भे, सङबाङ्भे, खङ्वा, सेनि आदि शब्दहरु मौलिक वंशीय नाम हुन। यी शब्दहरु आफैमा वैज्ञानिक र याक्थुङ भाषा विज्ञानको नियम र जनजिब्रोले समाउने मौलिक शब्द हुन। त्यसैले सम्बन्धित आदाङ्बाहरु एकपटक अध्ययन गरेर आफ्नो मौलिक तिर फर्किने कि?
