- प्रवेग हाङस्रोङ
परापूर्व समयमा श्रीजुङकाे तुम्बाङ यकमा (वबुंक्याक)हाङ्स्राेङ सुथेबाकाे घर थियाे । उक्त स्थानमा रहँदा सुथेबा तेनहाङकाे जेठी श्रीमतीकाे काेखबाट तुम्बाहाङ्फे र बाजे याेमहाङकाे जन्म भयाे । जेठाे तुम्बाहाङ्फे मुलघर छाडि तिल्लिङ र छाैरेकाे झगडामा छाैरे पट्टि सहयाेग गर्न जाँदा उतै मेयङलुङतिर बस्न पुगे ।
कान्छाे याेमहाङकाे काेखबाट तीन सन्तानकाे जन्म भयाे । चामुहाङ, चामुकहाङ र चामासुदी । चामुकहाङका सन्तानहरु लाबहाङ हुँदै लुम्फुङ्वा भए । चामासुदीका सन्तानहरु मायुहाङ हुंदै तुम्बाङ यकबाट सरि गएर सिम्ले (पोक्लाबाङ) राेज्जा जमिनमा बसी कुलुम पाङबाट कुरुम्बाङ भए ।
चामुहाङका तीन श्रीमतीहरु थिए । मयङ्दिङ्मा पङ्धाकमा र पाेकाेहाङ्मा ।
जेठी मयङ्दिङ्माकाे काेखबाट हुक्पा चाेङ्बाङ र मादेम्वा पुर्खाहरुकाे जन्म भयाे । चाेङ्बाङ (डाँडामा मात्रै बस्ने चनजनओ केयुङबा चाेङ्बाङ पाेक्से, मारक केदेम्बा मादेम्बा पाेक्से)
माहिली पङ्धाकमाकाे काेखबाट वबुङक्याक (हाङ्स्राेङकाे जन्म भयाे।
कान्छी पाेकाेहाङ्माकाे काेखबाट जन्मिएकाे बाबु पाल्ने पा केहिङ्बा पाहिम पाेक्से राे ।
कान्छाे भएकै कारण पाहिमकाे ६ जिम्माकाे किपट जग्गा तुम्बाङ यक आसपास थियाे । हाल पनि सुन्दल जिम्माकाे किपटि जग्गा यथावत छ ।
हाङ्स्राेङ पूर्खा उक्त स्थानबाट पाहिम सहित पाेक्ताना पतघारी च्याउ घारीमा आईबसे ।
उक्त स्थानबाट हाङ्स्राेङ पूर्खा सुदिहाङ आयालुङ(ओयाक्जुङ) हाङस्रोङ गाउँमा आई स्रङ (सुतिमा जेँबीरकाे फेदमा आईबसे)जेँबीर(स्रङकाे फेदमा बसेकाले हाङ्स्रङ नाम रहन गयाे भने सुतिमाकाे फेदमा बसेकाले सुतिहाङ पनि भने । उक्त स्थानमा हिजाे आज स्थानीयले देवीकाे पुजा गर्ने गर्दछन्। त्यहाँबाट पुनः जलजले याङ्सीला आई बसे । रामनवमी मेला लाग्ने वर्तिर विशाल पानीकाे मुल रहेकाे स्थानमा।
उक्त स्थानमा रहँदा बस्दा हाङ्स्राेङ पुर्खा सुतिहाङलाई बढि हाङबाेली बाेल्ने काम नगर्ने भनि आफ्नै दाजुभाईले वबुन्दा माथि झुण्डयाएर मारे । पानीकाे मुलमाथि झुण्डयाएर मारेकाले वबुङ्क्याक नाम पनि प्रसिद्ध हुन गयाे ।
उक्त स्थान छाडि हाङ्स्राेङ सन्तान हस्तमत्त खाम्लालुङ लासिङ्बुङ(बरबाेटे) आई बसे भन्ने इतिहास पाइन्छ।