थक्सु संयकहाङ समाज धनकुटा जिल्ला तदर्थ समिति गठन,अध्यक्षमा खडग थक्सु

बोधे, १९ साउन २०८१/ थक्सु संयकहाङ समाज धनकुटा जिल्ला तदर्थ समिति गठन गरेको छ ।
शनिबार धनकुटाको चौबिसे गाउँपालिका वडा नम्बर ५ पधे(बोधे) हाम्बेक्ला (हमेला) स्थित खडग बहादुर थक्सु (हमेला)को निवासमा थक्सु संयकहाङ समाज केन्द्रीय उपाध्यक्ष मणि राज थक्सु र थक्सु संयकहाङ समाज केन्द्रीय सचिव जित बहादुर थक्सुको उपस्थितिमा सात सदस्यीय थक्सु संयकहाङ समाज धनकुटा जिल्ला शाखा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश थक्सु (फाक्सिब), सचिबमा खगेन्द्र थक्सु (खुवाफोक), सहसचिवमा गणेश ब. थक्सु (हमेला) र कोषाध्यक्षमा रत्न माया थक्सु (हमेला)रहेका छन । त्यसैगरी सदस्यहरुमा क्रमश: बिष्णु कुमार थक्सु (फाक्सिब) र देउ कुमार थक्सु (खुवाफोक) सर्व सम्मतबाट चयन भएका छन् ।

भेला बैठकले थक्सुसंग सम्बन्धित ऐतिहासिक हाम्बेक थक्सु दरबार गुफा अवलोकन गर्ने, धनकुटा जिल्लामा बसोबास गर्ने थक्सुहरुको विवरण थक्सु संयकहाङ बंशावली संकलन,खोज तथा अनुसन्धान गर्न मणि राज थक्सुको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने सदस्यहरुमा क्रमश प्रकाश थक्सु र खडग ब थक्सु रहेका छन्  ।

यसैगरी थक्सु संयकहाङ बंशावली संकलन, खोज अनुसन्धान एवं प्रकाशन गर्नको तीन सदस्य रहेको एक आर्थिक ब्यवस्थापन उप समिति पनि गठन गरेको छ । संयोजकमा बिष्णु कुमार थक्सु र सदस्यहरुमा देउ कुमार थक्सु, खडग ब. थक्सु रहेको थक्सु संयकहाङ समाज केन्द्रीय उपाध्यक्ष मणि राज थक्सुले बताए ।

भेला खडग बहादुर थक्सु संयकहाङको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकमा चौबिसे गाउँपालिका -५ पधे हाम्बेक्ला र साङगुरीगढी गाउँपालिका-३ खुवाफुक, साङगुरीगढी गाउँपालिका-४ फाक्सिबमा बसोबास गर्ने थक्सुहरुको प्रतिनिधिमूलक रूपमा उपस्थिति भएको वताए ।