फेदाप/ तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वाड नं. १ मा पोक्लाबाङ साँस्कृतिक सङ्ग्राहलय भवन निर्माणको कार्य सुरु भएको छ । पहिलो चरणमा फाउन्डेसन जग खन्ने काम भइरहेको छ । काठमाडौको मारुती बिल्डर्स कम्पनीले ठेक्का पारी काम सुरुवात गरेको उक्त भवन पोक्लाबाङ यक माङ्गेन्ना लुङधुङ थामरुङ फेदाप अन्तर्गत बन्न लागेको संग्रहाहलयको शहरी विकास मन्त्रालयबाट बहुबर्से बजेट विनियोजन भएको थियो ।
पोक्लाबाङ यक एक ऐतिहासिक तथा प्राचीन लिम्बुवानको राजधानी/यक हो । यस यकलाई हाल १८ थरी आङबुङ, कुरुम्बाङ, सिंगक, निङ्लेकु/खु, पंयाङगु, सम्बाहाङफे, हुक्पाचोङबाङ, लुम्फुङवा, हुक्पा मादेम्बा, तुम्बाहाङफे, पंधाक, खापुङ, पाहिम, हाङस्रोङ, तेयुङ, पंगेन्हाङ, चेलिफुङ, मुसाहाङ लगायतले आफ्नो माङगेन्ना यक समेत मान्ने गरेका छन । पुर्व लिम्बुवान क्षेत्रकै ठुलो संग्रहाहलयको रूपमा बन्न लागेको यस संग्रहाहलयमा ऐतिहासिक तथा पुराना सामाग्रीहरुको संकलन गर्ने, साँस्कृतिक रूपमा रहेका पुराना गर गहनाहरु संरक्षण गरेर राख्ने, पुराना ऐतिहासिक कागजातहरु संकलन गरेर सुरक्षित गर्ने, लिम्बुवान र गोर्खा युद्धकालिन हात हतियारहरुको संकलन गर्ने उदेश्यले उक्त संग्राहलय बन्न लागेको पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप समितिका महासचिव टेकबहादुर खापुङले बताए ।
शहरी विकास मन्त्रालयबाट आर्थिक बर्ष २०८०/०८१ को योजनाबाट चार करोड बजेटको २४ प्रतिशत बिलोमा काठमाण्डौमा रहेको मारुती बिल्डर्सले ठेक्का पारी सम्झौता गरेको छ । १५ महिनाको कन्ट्र्याकमा यस संग्रहाहलयको निर्माण ९ महिनामा सम्पन्न गर्ने ठेकेदार सुवास मगरले बताएका छन ।
छ धुरे घर मुनी हल र माथिबाट संग्राहलय जहा विभिन्न भेषभुषा भाषा संस्कृति झल्कीने सामाग्रीहरु राखिने समिति अध्यक्ष सेसेहाङ हुक्पाचोङ्बाङ वताए ।
