सिक्किम अल्पाईन विश्वविद्यालयबाट लिम्बू जातिकाे लिम्बू भाषामा उच्च शिक्षा लिनेलाई अत्यन्तै जरुरी सुचना

झापा,२८ जेठ / सिक्किम अल्पाइन विश्व विद्यालयबाट लिम्बू जातिकाे लिम्बू भाषामा उच्च शिक्षा लिनेलाई अत्यन्तै जरुरी सुचना !!!

सिक्किम अल्पाइन युनिभर्जिटि, नाम्ची सुक्खिममा बेचलर लिम्बू पढ्न चाहने महानुभावहरुले लि.भा.उ.मा.वि. बोर्डबाट कम्तिमा ४५% ले उतिर्ण गरेका व्यक्तिलाई मात्र नयाँ भर्ना गरिने भएकोले तपशिल अनुसार कागजात र शुल्क तयार गरी यहि २०८१ असार २५ गतेभित्र बुझाउन मिति २०८१ जेठ २३ गते बसेको अनलाइन वैठक निर्णय नं. १ अनुसार `नेपाली याक्थुङ् विद्यार्थी समाज´का पदाधिकारी सदस्यहरुमध्ये कुनै एकजनालाई कागजात तथा नगद बुझाउनु हुन अनुरोध गर्दछ ।

चाहिने आवश्यक कागजातहरु :-
नेपाली भाषाको :- (नेपालको SLC/SEE मात्र चाहिने)

१.SLC/SEE मार्कसिट (ओर्जिनल र प्रतिलिपि -१)
२. SLC/SEEको क्यारेक्टर (ओर्जिनल र प्रतिलिपि-१)
३. नेपाली नागरिकता (ओर्जिनल र प्रतिलिपि-१)
लिम्बुभाषाको :- (नेपालको +2 लिम्बूको मात्र चाहिने अन्य +2 को नचाहिने)
४. लिम्बू कक्षा १२ उर्तिर्ण गरेको मार्कसिट (ओर्जिनल र प्रतिलिपि-१) कम्तिमा ४५% हुनुपर्ने ।
५. लिम्बू माइग्रेसन सर्टिफिकेट १२ को (ओर्जिनल र प्रतिलिपि-१)
६. लिम्बू प्रोभिजनल सर्टिफिकेट १२ को (ओर्जिनल र प्रतिलिपि-१)
७. लिम्बू +2 गरेको सम्बन्धित विद्यालयको क्यारेक्टर कक्षा १२ को (ओर्जिनल र प्रतिलिपि-१)
सक्कल वाहेक फोटोकपिहरुका पछिल्लो पट्टि सम्बन्धित व्यक्तिले हस्ताक्षर गर्नुपर्ने।
अन्य कागजातहरु :-
८. पुलिस रिपोर्ट (ओर्जिनल)
९. ८ वटा पासपोर्ट साइजको फोटो
शुल्क भर्ना मात्र :-
१०. भारु ५,०००/-
धन्यवाद ।

भर्नाका लागि कागजात तथा नगद कारोबार :
(क) कागजात तथा फोटोहरु सक्कल र फोटोकपि सहित नेपाली याक्थुङ् विद्यार्थी समाजका निम्न (ग) मा उल्लेखित पदाधिकारी सदस्य तोकिएका महानुभावहरुलाई भेटेरै जिम्मा लगाउनु पर्ने। अपुग कागज नलिने ।
(ख) युनिभर्जिटिको लिम्बू बिभाग प्रमुखले भर्नाका लागी प्रत्यक्ष रकम पाउने खाता नं.
223615241402258 SBI bank (mahendra kumar nembang)
मा लगाउनु होला र वहाँले दैनिक निकाली भर्ना गराउनु हुने र यो खातामा लगाएपछि malisa yakthungba को फेसबुक मेसेञ्जर वा 9862755133 वाटसपमा सूचना वा रसिद नामसहित खिचेर पठाउनु पर्ने ।
(ग) वैंक नभएको खण्डमा `नेपाली याक्थुङ् विद्यार्थी समाज´का जिम्मेवारी पदाधिकारी सदस्यहरुमा कुनै नजिक एकजनालाई खुद भेटि हाते नगद उपलब्ध गराई दिएर माथि (ख) मा उल्लेखित फेसबुक मेसेञ्जर वा वाटसपमा नाम सहित पठाई दिनुपर्ने ।

पदाधिकारी सदस्यहरु :
संयोजक : महेन्द्रकुमार नेम्बाङ्/मलिसा याक्थुङ्बा लिम्बू – 9862755133
उपाध्यक्ष : लक्ष्मीकुमार सेर्मा/लछामी सेर्मा – 9865490771
सचिव : सेरबहादुर लिम्बू/यश गोधुली – 9814004802
सहसचिव : कविन्द्र लिम्बू/कविन तुम्बापो – 9805371145
कोषाध्यक्ष : फुलकुमारी नेम्बाङ – 9814083177
सहकोषाध्यक्ष : ललीतचन्द्र फियाक – 9863989510
सदस्यहरु : कल्पना सुब्बा (लिङ्देन) – 9806068926, रमाकुमारी लिम्बू – 9814975459, कमिता तुम्बापो – 9842661243, चन्द्रकला राई – 9807948265, मखानसिं लिम्बू/मखान सुस्केरा लिम्बू – 9863668648, श्यामकुमार नेम्बाङ/श्याम तुफान – 9861032000, लालबहादुर नेम्बाङ/एलबि नेम्बाङ – 9816957389
(घ) तिनवटै कारोवार सम्भव नरहेमा तथा कागजात अपुग रहेमा भर्ना कार्य हुने छैन ।

*अनुरोध*
नेपाली याक्थुङ् विद्यार्थी समाज
सिक्किम अल्पाइन युनिभर्जिटि (कामराङ्)
नाम्ची, सिक्किम,भारत

नोट :- गतसाल भर्ना रद्द भएका महानुभावहरुका लागि कागजात मात्र संकलन हुनेछ र संकलन ताका माथी उल्लेखित कागजातहरु कुनै एकमात्र अपुग भएमा लिइने छैन र संस्था जिम्मेवार हुने छैन ।