विश्व वातवरण दिवसको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयमा बृक्षारोपण

दमक/ लायन्स क्लव अफ झापा दमकले वातवरण दिवसको सन्दर्भ पारेर सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय कमल गाँउपालिका लखनपुरमा ५० वटा बिभिन्न प्रजातीका आकर्षक फुलका विरुवाहरु रोपिएको छ ।

क्लवका संस्थापक अध्यक्ष अशोक चौधरीको सहयोगमा गमला सहितका विरुवाहरु शिक्षालयका प्रमुख एवं समादेशक कमल तिउसिनाको उपस्थितिमा आईतवार रोपिएको हो ।

सो अवसरमा समादेशक तिउसिनाले बिग्रदो बातवरणलाई सुधार गर्न बृक्षारोपण लगायतका यस किसिमका कार्यक्रमहरु सहयोगी बन्ने बताए । उनले नियमित रुपमा सहकार्य गरेर आफुहरु काम गर्न तयार रहेको सो अवसरमा बताएका थिए ।

क्लवले वातवरण दिवसको सन्दर्भमा बिभिन्न कार्यक्रमहरु गर्ने क्रममा शिक्षालयलाई गमला सहित विरुवाहरु उपलब्ध गराएर कार्यक्रम शुरु गरिएको क्लवका प्रथम उपाध्यक्ष बिष्णुप्रसाद पोखरेलले बताएका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नं. ३८ गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक नबिन कुमार खड्का लायन्स लिडर अजय अग्रवाल, लायन्स क्लव अफ झापा दमकका अध्यक्ष लोकेश सापकोटा, नेपाल रेडक्रस सोसाइटी दमकका रक्तसञ्चार प्रमुख सिद्धार्थ दहाल लगायतको उपस्थिति रहेको थियो ।