शिक्षामा वहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक एक दिने कार्यशाला सम्पन्न

 

डिल्लीश्वर मुसाहाङ , बिर्तामोड,जेठ १९/नेपाल आदिवासी जनजाति पत्रकार महा संघ (फोनिज) झापा शाखाको आयोजनामा ग्राण्ड प्यासिफिक होटल बिर्तामोडमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा शिक्षामा वहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ ।   कार्यशाला अमेरिकाको कोलम्बिया युनिभर्सिटीका प्रोफेसर डा. प्रेम फ्याक ज्यूको सहजीकरणमा आदिवासी जनजाति सम्बद्ध विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि,पत्रकार लगायत सहभागीतामा सो गोष्ठी सम्पन्न गरेको हो ।कार्यशालामा फोनिज झापा जिल्ला शाखा संस्थापक अध्यक्ष दिपिन राई, नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला समन्वय समिति अध्यक्ष पाण्डवलाल चौधरी,  फोनिज झापा जिल्ला शाखा पुर्व अध्यक्ष गणेशमान मुखिया, फोनिज झापा जिल्ला निवर्तमान अध्यक्ष बिशाल नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।