सिमिक्लुङ याक्थुङ्बा
दमक/ लिम्बू/याक्थुङ् जातिका एकथरी लुङ्खिम्बा लिवाङ्को दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मोरङ् पथरीस्थित सिरिजङ्गा धार्मिक बनमा रहेको चुम्लुङ् भवनमा जेठ १५ गते मङ्गलवार विविध कार्यक्रमका साथ साधारण सभा सम्पन्न गरेका हुन् ।
किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष सेसेहाङ् फियाकको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सयङ्लाई आर्थिक सहयोग गर्नुहुने मोरङ उर्लाबारी मंगलवारे निवासी स्व. कालीबहादुर लुङखिम्बा लिवाङ्लाई मरणोपरान्त सम्मान गरिएको थियो भने झापा कमल गाउँ पालिका वडा नं. ३ निवासी रामकुमार लुङ्खिम्बा लिवाङ् र मोरङ् रतुवा माई झुर्नावारी निवासी कालीबहादुर लुङ्खिम्बा लिवाङ्लाई प्रमुख अतिथिको हस्तबाहुलीद्वारा सम्मान गरिएको थियो ।
सभामा संस्थाका अध्यक्ष केशव बहादुर लिवाङ्ले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष पवित्रा लुङ्खिम्बा लिवाङ्ले १० लाख ४० हजार नौ सय नौ रूपैयाँ बराबरको आय-व्यय प्रस्तुत गरेका थिए ।
अध्यक्ष र कोषाध्यक्षद्वारा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन सभाद्वारा सर्वसम्मतले पारित गरे ।
साधारण सभामा प्रमुख अतिथि फियाक, विशिष्ठ अतिथि किरात याक्थुङ झापा सदस्य दिव्यकला थेवे नाल्वो, अतिथि किरात याक्थुङ् चुम्लुङ् कमल गाउँ शाखा सदस्य अनुषा लावुङ् लिम्बू, हङ्कङ प्रतिनिधि किरण लुङ्खिम्बा लिम्बू, फेम्सो लिवाङ् प्रतिनिधि सुरज लिवाङ् लगायतका महानुभावहरूले साधारण सभाको सफलताको शुभ- कामना व्यक्त गरे ।
कार्यक्रम सयङ्का सचिव दिलकुमार लुङ्खिम्बा लिवाङ्ले सञ्चालन गरेका थिए भने लुङ्खिम्बा लिवाङ सयङ्का उपाध्यक्ष मच्छिन्द्र लिवाङ्ले स्वागत मन्तव्य राखेका थिए ।