०१ जेठ/काठमाडौं संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन पार्टी (रिपब्लिकन) बीच पार्टी एकताका लागि बृहत् छलफल सम्पन्न भएकाे छ ।
काठमाडौंकाे पुरानाे बानेश्वरमा भएकाे छलफलमा संयुक्त नागरिक पार्टीकाे तर्फबाट अध्यक्ष दलमर्दन कामी, वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर कार्की, उपाध्यक्ष कलिराम पुर्जा (कमल) र महासचिव विदुर अधिकारी त्यसैगरि आमुल परिवर्तन पार्टी (रिपब्लिकन) बाट अध्यक्ष भरत गिरि,उपाध्यक्ष डिल्लि प्रसाद चौलागाई, महासचिव बी.आर. लामा र सचिव देवेन्द्र कुमार लिम्बुकाे उपस्थिति रहेकाे थियाे ।
दुबै पार्टीकाे सिद्धान्त,नेतृत्व लगायत विषयमा छलफल भएकाे थियाे । त्यस्तै अन्य पार्टीहरुसंग वार्ता/संवादकाे ढाेका सँधै खुल्ला राख्ने र आ-आफ्नो पार्टीमा तत्काल छलफल गरि चाँडै पार्टी एकीकरण गरिने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख नरेश क्षितिजले जानकारी दिएका छन्