माङगेन्ना युवा क्लबको प्रथम अधिबेशन तथा प्रथम साधारण सभा सम्पन्न,अध्यक्षमाः सुरेन्द्र

मिक्लाजुङ, बैशाख २६/ माङगेन्ना युवा क्लबको प्रथम अधिबेशन सम्पन्न गरेको छ ।
मङगलवार पाँचथरको मिक्लाजङ गाउँपालिका वडा नम्बर -८ दुर्दिम्बास्थित थुम्ब्रुक्बुङको मुसाहाङ गाउँमा वडा सदस्य नोबिम गौतमको प्रमुख आतिथ्यतामा माङगेन्ना युवा क्लबको प्रथम अधिबेशन तथा साधारण सभाले सुरेन्द्र मुसाहाङ लिम्बूको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भीमकुमार मुसाहाङ,सचिवमा जनम मुसाहाङ,सहसचिवमा आयूश मुसाहाङ र कोषाध्यक्षमा जेन्टल मुसाहाङ रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमश: प्रवेश मुसाहाङ, प्रसन मुसाहाङ,सुजन मुसाहाङ र विवेक मुसाहाङ सर्व सम्मतबाट चयन भएका छन् ।
वरिष्ठ सल्लाहकारमा डिल्लीश्वर मुसाहाङ, सल्लाहकारमा मन कुमार मुसाहाङ रहेका छन् ।

कार्यक्रममा मिक्लाजङ -८ पाँचथर वडा सदस्य नोबिम गौतम, सिरिजङगा मौलोबुङ आधारभूत विद्यालय प्रधानाध्यापक टीकामाया लिम्बू, समाजसेवी काली प्रसाद मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माङ्गेन्ना युवा क्लवद्वारा प्रकाशित भित्तेपात्रो २०८१ समेत प्रमुख अतिथिबाट विमोचन गरेको थियो । भित्तेपात्रो जम्मा ५०० प्रति छपाई गरेको हो ।

कार्यक्रम माङगेन्ना युवा क्लव अध्यक्ष डिल्लीश्वर मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको हो । स्वागत मन्तव्य आयूश मुसाहाङले राखेका थिए भने संचालन सहसचिव उनिता मुसाहाङले गरेकी थिइन ।

सम्बन्धित खवर