दमक,बैशाख ७/ याक्थुङ केलाङ सङजुम्भोको आयोजनामा १५ दिने केलाङ (च्याब्रुङ) प्रशिक्षण शुरु गरेको छ ।
शुक्रबार झापाको दमक नगरपालिका वडा नम्बर -१ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी से नाल्बोको प्रमुख आतिथ्यतामा १५ दिने केलाङ प्रशिक्षणको उद्वघाटन गरेका थिए ।
कार्यक्रममा समाजसेवी मुसाहाङ अम्याङ्सा, प्रशिक्षक कुमार लाओती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
केलाङ उद्व्घाटन याक्थुङ केलाङ सङजुम्भोकी अध्यक्ष रचना लाओतीको अध्यक्षतामा भएको थियोे भने संचालन सचिब फुङमा तुम्रोकले गरेकी थिइन ।
प्रशिक्षण २०८१ बैशाख ७ गते देखि २१ गतेसम्म केलाङ प्रशिक्षण हुने प्रशिक्षणमा जम्मा ११ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको र अझै बढ्न सक्ने अध्यक्ष लाओतीले वताइन । प्रशिक्षण प्रत्येक दिउँसो ३ बजे देखि ६ बजे सम्म प्रशिक्षण गराइने उपाध्यक्ष इन्द्रकुमारी साम्याङखामले बताइन ।