दमक, चैत ३०/ पधे यक मान्ने थक्सुहरुको ऐतिहासिक प्रथम भेला सम्पन्न गरेको छ ।
बिहिवार झापाको दमक नगरपालिका ४ स्थित कर्ण थक्सुको निवासमा थक्सुहरुको ऐतिहासिक प्रथम भेलाले थक्सु सङयकहाङ समाज नामक संस्था नामकरण गरेकोलाई पुनः अनुमोदन गर्दै कर्ण थक्सु सङयकहाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा जय बहादुर थक्सु सङयकहाङ लिम्बू, महासचिवमा भुपेन्द्र थक्सु सङयकहाङ लिम्बू, सचिवमा कुल बहादुर थक्सु सङयकहाङ लिम्बू, कोषाध्यक्षमा मुना थक्सु सङयकहाङ लिम्बू रहेका छन् । त्यसै गरी सदस्यहरुमा क्रमश ; अरुण थक्सु सङयकहाङ लिम्बू, बिबश थक्सु सङयकहाङ लिम्बू, नाइन थक्सु सङयकहाङ लिम्बू, सपना थक्सु सङयकहाङ लिम्बू, सन्जय थक्सु सङयकहाङ लिम्बू र भिम कुमारी थक्सु सङयकहाङ लिम्बू चयन भएका छन् ।
सोहि भेलाले युवराज थक्सु सङयकहाङको अध्यक्षतामा ९ सदस्यीय याक्थुङ सङयकहाङ थक्सु बंशावली खोज अनुसन्धान समिति गठन गतेको छ । समितिको उपाध्यक्षमा बेदकुमार थक्सु सङयकहाङ,सचिवमा बिर्ख थक्सु सङयकहाङ, सहसचिवमा नाइन्द्रराज थक्सु सङयकहाङ र कोषाध्यक्षमा कल्पना थक्सु सङयकहाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश: नर बहादुर थक्सु सङयकहाङ,खगेन्द्र थक्सु सङयकहाङ,जनक थक्सु सङयकहाङ र प्रेमिका थक्सु सङयकहाङ लिम्बू चयन भएका छन् ।
सल्लाहकार समितिमा दौलथमान थक्सु सङयकहाङ, रेसम कुमार थक्सु सङयकहाङ, नरेन्द्रकुमार थक्सु सङयकहाङ रहेका छन् ।
भेलाले संस्थाको कार्यलय दमक-४ झापामा राख्ने, संस्था दर्ता गर्ने, भित्तेपात्रो प्रकाशन गर्ने लगायत निर्णय गरेको वताइएको छ ।
भेला बैठकले भिम थक्सु सङयकहाङ (साउदी)को संयोजकत्वमा १३ सदस्यीय याक्थुङ सङयकहाङ थक्सु प्रवास समिति गठन गरेको छ । सदस्यहरुमा क्रमश: कृष्ण थक्सु सङयकहाङ (अमेरिका), मिलन थक्सु सङयकहाङ (द. कोरिया), संगीत थक्सु सङयकहाङ (क्यानडा), रोशिका थक्सु सङयकहाङ (द.कोरिया), अभिषेक थक्सु सङयकहाङ (जापान), राहुल थक्सु सङयकहाङ (दुबाई), दिलिप थक्सु सङयकहाङ (मलेसिया), बिजय थक्सु सङयकहाङ (कतार), गणेश थक्सु सङयकहाङ (रोमनिया), केशर थक्सु सङयकहाङ (पोल्यान्ड), संगीता थक्सु सङयकहाङ (साइप्रस) र बिष्णु थक्सु सङयकहाङ (कुवेत) रहेका छन् ।
थक्सु सङयकहाङको ऐतिहासिक प्रथम भेला बयोबृद्व समाजसेवी जय बहादुर थक्सु सङयकहाङको संयोजकत्वमा सम्पन्न भएको हो ।
थक्सु सङयकहाङ समाजको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन आगामी २०८१ साल मङ्सिर १५ गते पान्थरको मिक्लाजङ -८ दुर्दिम्बामा भब्यताका सम्पन्न गर्ने समेत निर्णय गरेको कर्ण थक्सुले बताए ।