मुसाहाङ समाज जिल्ला शाखा समितिको पाँचौ अधिवेशन सम्पन्नः अध्यक्षमा पुनः मंगले निर्वाचित

मोरङ, २६ चैत/ मुसाहाङ समाज जिल्ला शाखा समिति (इलाम झापा मोरङ सुनसरी)को पाँचौ अधिवेशन तथा साधारणसभा सम्पन्न गरेको छ ।

शनिबार मोरङ जिल्लाको उर्लावारी नगरपालिका– ३ स्थित जिल्ला शाखा कार्यालय परिसरमा इलाम झापा मोरङ सुनसरी जिल्लाबासी सेङसेङगुम फेदापहाङ पुर्खा र पोक्लाबाङ यक मान्ने मुसाहाङ बंशजको कार्यक्रममा १९ औं वार्षिक साधारण सभा/स्थापना दिवस तथा पाँचौ जिल्ला अधिवेशनबाट मंगले मुसाहाङ (मधुमल्ला)को अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा अञ्जना मुसाहाङ(विर्तामोड), सचिवमा रुपनारायण मुसाहाङ (जाँते), सहसचिवमा कल्पना मुसाहाङ (उर्लावारी), र कोषाध्यक्षमा प्रेमकुमार मुसाहाङ (उर्लावारी) रहेका छन् भने सदस्यहरुमा क्रमशः राम बहादुर मुसाहाङ (अमरहद), अर्जुन मुसाहाङ (भरौल), तेज बहाुर मुसाहाङ (धरान), दिलमाया मुसाहाङ(चुलाचुली चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारमा सुष्मा मुसाहाङ, तिल बहादुर मुसाहाङ,भद्रसिं मुसाहाङ,बीर बहादुर मुसाहाङ,प्रेम कुमार मुसाहाङ लाहुरे रहेका छन् ।


कार्यक्रममा मुसाहाङ समाज केन्द्रीय सचिव लक्ष्मीसुन्दर मुसाहाङ, केन्द्रीय कोषाध्यक्ष यज्ञ बहादुर मुसाहाङ, केन्द्रीय सदस्य भक्त बहादुर मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभा मुसाहाङ समाज जिल्ला शाखा अध्यक्ष मंगले मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर