चैत ४, दमक/ किरात याक्थुङ चुम्लुङ वडा कार्य समिति विर्तामोड-५ को दोस्रो वडा अधिवेशन शनिवार विर्तामोडस्थित साकेला भवनमा सम्पन्न भयो ।अधिवेशनले चुडाकर्ण बेघालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनद्वारा निर्वाचित अन्य वडा पदाधिकारीहरू उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरू क्रमश: कमला अन्छङबो, देशमाया बेघा, फूलमाया तुम्रोक, कृष्ण हेम्ब्या, शिला यक्शो, भिमकुमारी लिङदेन, बजिन्द्र योङहाङ, लाखवती लम्सम मावो, प्रमिला इङनाम र मनकुमारी मादेन निर्वाचित भएका छन् ।
नव निर्वाचित कार्य समितिलाई कियाचु विर्तामोड नगर अध्यक्षको अाग्रहमा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले पदीय जिम्मेवारीको शपथ ख्वाउनु भएको थियो ।
अधिवेशनमा वडा अध्यक्ष योगेन्द्रराज कुरुम्बाङले वडा शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कमला अन्छङबोले १ लाख ४६ हजार १७५ बराबरको अाय-व्यय प्रस्तुत गर्नुभयो ।
अधिवेशनमा समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, जिल्ला सदस्य तथा विर्तामोड नगर शाखाका पुर्व अध्यक्ष धर्म लक्सम्बा, जिल्ला सदस्य दिव्यकला थेबे नाल्वो, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, कियाचु महिला समूह विर्तामोड ५ का अध्यक्ष पवित्रा तेयुङ लावती, कियाचु वडा नं. ४ अध्यक्ष लगायतका महानुभावहरूले चुम्लुङको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
अधिवेशनमा कियाचु पूर्व जिल्ला उपाध्यक्ष जिल्ला सल्लाहकार धनराज योङहाङ, जिल्ला सल्लाहकार विर्तामोड ५ का पूर्व वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन, कियाचु झापा सदस्य बन्दना नेम्बाङ, कियाचु पान्थरका पूर्व सचिव सुजन सेत्लिङ, पूर्व जिल्ला सदस्य नरेन हाङ लिम्बू लगायतको विशेष उपस्थिति रहृेको थियो ।
कियाचु वडा अध्यक्ष योगेन्द्रराज कुरुम्बाङको सभापतित्वमा सम्पन्न अधिवेशनमा वडा सदस्य नितु नेम्बाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचिव देशमाया बेघाले सञ्चालन गरेका थिए ।