कियाचु लिम्बू साँस्कृतिक परिषद धनकुटाको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा पिर्थ तुम्बाहाङ्फे निर्वाचित

धनकुटा,७फागुन/किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद धनकुटाको प्रथम जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।

सोमबार धनकुटा कियाचु जिल्ला शाखा कार्यालय भवनमा कियाचु लिम्बू साँस्कृतिक परिषद केन्द्रीय सदस्य दिलु सुब्बाको प्रमुख आतिथ्यतामा कियाचु लिम्बू साँस्कृतिक परिषद धनकुटाको प्रथम जिल्ला अधिवेशनले पिर्थ तुम्बाहाङ्फेको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सानू कुमार चेम्जोङ,सचिवमा डिक बहादुर थोक्लेन, सहसचिवमा सरस्वती सुब्बा र कोषाध्यक्षमा पोस्ट कुमारी लिम्बू निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा क्रमश : प्रकाश आङ्ला,पुर्ण दिप इङ्नाम,खेल बहादुर इवाहाङ,नन्द माङ्याक खेवाहाङ,अनिता चोङ्बाङ,शहरमान थोक्लेन,कला पारघरी,बालकर्ण आङ्ला,उदिम पारघरी,हेमकुमार थोक्लेन,डिल्लि बहादुर आङ्ला,विष्णु कुमार लिम्बू,कमला संयकहाङ र स्वर्निमा लिम्बू निर्वाचित भएका छन् ।
यसरी नै सल्लाहकारमा खडक सावा लिम्बू ,टंक तुम्बाहाङ लिम्बु र नेमराज ताम्लिङ लिम्बु रहेका छन् ।

सम्बन्धित खवर