पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदापको तेस्रो वार्षिक साधारण सभा

फेदाप,५ फागुन/ पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदापको तेस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

शनिबार तेह्रथुम फेदाप गाउँपालिका वडा नम्बर १ मा अवस्थित पोक्लाबाङ यकमा सेङ्सेङगुम फेदापहाङ पुर्खा मान्ने १८ थरी लिम्बुहरुको प्रतिनिधिमुलक संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापको, फेदाप स्थित माङगेन्ना लुङधुङमा सम्पन्न साधारणसभाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कार्ययोजना पारित गरेको छ ।

संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ्ले प्रस्तुत गर्नुभएको कार्ययोजनामा अब निर्माण हुन लागेको संग्रहालय निर्माणलाई तिब्रता दिदै संस्थाको सक्रियता बढाउने बिषयलाई प्रमुख बनाइएको छ । हाल पोक्लाबाङको संग्रहालय निर्माणका लागि शहरी बिकास मन्त्रालयबाट चार करोड बजेट विनियोजन भएको छ । टेन्डर प्रक्रियाबाट निर्माण हुने संग्रहालय बहुबर्षे योजना अन्तर्गतको रहेको छ ।

त्यो संगै संस्थाको आगामी अधिवेशन २०८१ माघ महिनामा सम्पन्न गर्ने समेत निर्णय गरेको छ । भव्यताका साथ सम्पन्न गरिने अधिवेशनको आर्थिक समिति सहरमान लुम्फुङवाको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति समेत गठन गरिएको छ । सदस्यहरुमा बिजय निङलेकु, गंगा कुरुम्बाङ, कृष्ण कुमार तेयुङ, लोक ब सम्बाहाङफे, काजीमान पंगेनहाङ लगायत रहेका छन । त्यसैगरी संस्थाले थामरुङ लुङधुङ थोबो कोष पनि स्थापना गर्ने भएको छ । जुन कोषको प्राप्त ब्याजबाट प्रत्येक महिनामा २ पटक थामरुङ र लुङधुङ सरसफाइ तथा पुजाआजा गरिने वताइएको छ।

तेस्रो साधारणसभा संगै माङहुक्वा वादेम्मा कार्यक्रम पनि आजै सम्पन्न गरिएको छ । सबै थरगतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सभा पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङ्बाङको अध्यक्षतामा स्वागत मन्तव्य उपाध्यक्ष राजकुमारी सिंगकले राखेकी थिइन भने संचालन महासचिव टेक बहादुर खापुङले गरेका थिए ।

सम्बन्धित खवर