पाँचथरको मिक्लाजङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

पाँचथर/ पाँचथरको मिक्लाजङ गाउँपालिकाले जनयुद्ध दिवस फागुन १ गतेमा सार्वजनिक विदा दिने भएको छ ।

शुक्रबार मिक्लाजङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले सूचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरिएको सूचनामा २०८० फागुन १ गते गाउँपालिका मातहत रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा विदा हुने उल्लेख छ ।

अध्यक्ष अमरराज माखिम नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन ।

सम्बन्धित खवर