कियाचु, संखुवासभाको नवौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा मदन सेरेङ मादेन निर्वाचित

सङखुवासभा,२६ माघ/ किरात याक्थुङ चुम्लुङ,जिल्ला कार्य समिति संखुवासभाको नवौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाको पोखरी बजारमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङको प्रमुख आतिथ्यतामा मदन सेरेङ मादेनको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष द्वयमा रामकुमार नयोङहाङ, यामबहादुर फाबेन लिम्बू, सचिवमा लोकमान थलङ,सहसचिवमा सुरेश लिम्बू र कोषाध्यक्षमा सरू ताप्मादेन निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा क्रमश : बाबुराम फाबेन,विश्वनाथ सिङथा, ज्ञामबहादुर पारघरी,संझना वनेम,बिष्णु कुमार फाबेन,लक्ष्मी मादेन,चन्द्रहाङ निङलेकु,देउकुमारी फाबेन,जुनिका नेयोङ्हाङ र कृष्णकुमारी लाबुङ रहेका छन् ।
यसरी नै सोहि अधिबेशनले राष्ट्रिय चुम्लुङ सदस्यमा मनकुमार थलङ (अनिल) र लक्ष्मी थोप्रालाई चयन गराएको कियाचु केन्द्रीय सदस्य उतम लिङथेपले वताए ।
कार्यक्रममा कियाचु केन्द्रीय सदस्य मनबहादुर थक्लुङ, वरिष्ठ बुद्धिजीवी इन्द्रमान लिङथेपको समेत उपस्थिति रहेको थियोे ।
अधिबेशन कियाचु जिल्ला अध्यक्ष अनिल थलङको अध्यक्षतामा सम्पन्न भएको थियो ।