कियाचु, लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा रितुराज थेगुवा निर्वाचित

तेह्रथुम,२६ माघ/ किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार तेह्रथुमको भिंगु परोपकार समाज मेयङ्लुङ्को सभाहलमा सम्पन्न कियाचु लिम्बू साँस्कृतिक परिषद केन्द्रीय अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा कियाचु लिम्बू साँस्कृतिक परिषद तेह्रथुमको चौथो जिल्ला अधिवेशनबाट रितुराज थेगुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बेनुराज फुदोङ,सचिवमा बुद्धवीर सिङ्जाङ,सहसचिवमा घनश्याम लिम्बू र कोषाध्यक्षमा पार्वता तेयुङ निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमश – गजेन्द्र फोम्बो,रोहिता लिम्बू,प्रेमबहादुर आङ्बुङ,नरपति चोङ्बाङ,फूलकुमारी सेरेङ र लक्ष्मी तेयुङ निर्वाचित भएका छन् ।

सम्बन्धित खवर