अमर नेम्बाङ स्रष्टा सम्मान, कवि विमला तुम्खेवा र नियात्राकार गिरिराज बाँस्कोटालाई

शुक्रबार पाँचथर सदरमुकाम फेदेनस्थित मनश्वी होटेलको सभाहलमा अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानको आयोजनामा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बीर्जहाङ आङदेम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यस बर्ष तुम्खेवा र बाँस्कोटालाई जनही ५०/५० हजार रुपैंयाँ राशी सहितको सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानित तुम्खेवाका बिमला तुम्खेवाका कविताहरु सन् १९९०, नदी छाल र तरङ्गहरु सन् २००४, संस्मरण एउटा बुढो रुखको सन् २००९ र हत्केलामा पृथ्वी बोकेर उभिएको मन्छे सन् २०१९ कविता कृति प्रकाशित छन्।

बाँस्कोटाको कविता सङ्ग्रह ढुङ्गाको प्रेम वि.सं.२०७७ र नियात्रा सङ्ग्रह कञ्चनजंघाको काखबाट वि.सं.२०७९ प्रकाशित छन्।

त्यसै गरी अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले फाल्गुनन्द गाउँपालिकास्थित ज्योति मावि आङसराङकी छात्रा प्रेमा लाओतीलाई दश हजार रुपैंयाँ छात्रवृत्ति प्रदान गरेको छ।

त्यस्तै आगलागीमा परी ज्यान गुमाएका हिलिहाङ गाउँपालिका–७ का सेसे पङ्धाक, फेदेन–५ का सनिप खाती, फाल्गुनन्द गाउँपालिका–१ का मनकुमार नेम्बाङ र मिक्लाजङ गाउँपालिका–७ का सरिता राईको परिवारलाई दश हजार रुपैंयाँका दरले राहत प्रदान गरेको छ।

त्यस्तै गत असारमा आएको बाडीपहीरोमा परी ज्यान गुमाएका हिलिहाङ गाउँपालिका–७ का तिलकुमार तामाङ, आशिष माझी–एलिशा माझी दम्पती, फालेलुङ गाउँपालिका–४ की जुना साउदेन, फेदेन नपा–५ का राज कुमार राई र फेदेन न.पा.–१० का सञ्जोग लोवाको परिवारलाई पनि दश हजार रुपैंयाँका दरले राहत उपलब्ध गराएको हो ।

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन जननिर्वाचित अध्यक्ष एवंम् कवि तथा नियात्राकार अमर नेम्बाङको गाउँपालिका अध्यक्ष रहेकै अवस्थामा २६ माघ २०७५ मा निधन भएको थियो।

याक्थुङ लेखक संघ,नेपालको संयोजनमा सम्पन्न भएको संघका केन्द्रीय महासचिव मधुराज केरुङले जानकारी दिए।