जसपा,नेपाल लिम्बुवान राष्ट्रिय समितिले लिम्बुवान पुनर्जागरण अभियान संचालन गर्ने

धरान/ नेपालको अबको आठौं प्रदेश, लिम्बुवान प्रदेश सुनिश्चित गर्नका लागि लिम्बुवान पुनर्जागरण अभियान सन्चालन गर्ने निर्णय गर्दै जनता समाजवादी पार्टि, नेपाल लिम्बुवान राष्ट्रिय समितिको दोश्रो पुर्ण बैठक सम्पन्न भएको छ ।
मंगलबार धरान स्थित नगर पार्टि कार्यालयको सभा हलमा भएको बैठकले लिम्बुवान पुनर्जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको हो । सो अभियानका लागि जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आह्वान, नेपालको अबको आठौ प्रदेश, लिम्बुवान प्रदेश निर्माण भन्ने नारा समेत तय गरिएको छ ।
त्यस्तै बैठकले याक्थुङवाहरुको पबित्र स्थल मुक्कुमलुङ माथी अतिक्रमण गर्ने हेतुले राज्यले शक्ति प्रयोग गरेर जबर्जस्त केवलकार निर्माण गर्न खोजेको प्रति भत्र्सना समेत गरेको छ । राज्यको सो कार्यलाई निस्तेज गर्न आन्दोलनरत मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिती र केवलकार खारेजी संयुक्त संघर्ष समितिको आन्दोलनलाई पुर्ण समर्थन गर्दै लिम्बुवान राष्ट्रिय समिती समेत आन्दोलनमा सहभागी हुने निर्णय भएको समितिका अध्यक्ष जेन्टल लावतीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले विभागहरुमा प्रमुख, उपप्रमुखको जिम्मेवारी प्रदान गरेको छ । संगठन विभाग प्रमुखमा एबिराज आङ्देम्बे, युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुखमा सन्जय मेवाहाङ राई, उपप्रमुखमा बिक्रम लेक्वा लिम्बू, महिला विभाग प्रमुखमा अग्निमाया मेचे, उपप्रमुखमा सुश्मा राई, पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा केदार धिमाल, उपप्रमुखमा सजिब योङ्या, सुचना, संचार, विज्ञान तथा प्रबिधी विभाग प्रमुखमा अजितकुमार धिमाल, कृषि तथा भूमी ब्यवस्था बिभाग प्रमुखमा ओममाया आङदेम्बे, आर्थिक विभाग प्रमुखमा टुपेन्द्र एक्तेन, उपप्रमुखमा मणी लुङ्गेली, शिक्षा विभाग प्रमुखमा सन्तोष कुरुम्बाङ, उपप्रमुखमा सुर्य तमु, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग प्रमुखमा सुरेन्द्र सुहाङ, उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा नारायणमान गुरुङ, आर्थिक, नीति तथा योजना विभाग प्रमुखमा क्षितिज लाओती, साँस्कृतीक तथा भाषा विभाग प्रमुखमा देउमान चेम्जोङ, उपप्रमुखमा श्रीप्रसाद धिमाल चयन गरिएको मुख्य सचिव केदार धिमालले जानकारी दिनुभयो । समितिका अध्यक्ष जेन्टल लावतीको अध्यक्षतमा भएको बैठकमा जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिम, केन्द्रिय सदस्य प्रेमराज लावती, दुर्गामाया लिम्बु, केन्द्रिय लेखा विभाग सदस्य दिलेन्द्र कुरुम्बाङ, १ नं. प्रदेश समितिका उपाध्यक्ष तथा लिम्बुवान राष्ट्रिय समितिका इन्चार्ज प्रेम वनेम, प्रदेश कार्यकारिणी सदस्य उपेन्द्र लावती, कृष्ण कटुवाल, प्रदेश सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका सह इन्चार्ज विष्णु लावती, प्रदेश सदस्य तेन्जीङ शेर्पा, किरात राष्ट्रिय समितिका उपाध्यक्ष बिना राई लगायतको उपस्थिति रहेको थियो ।