कियाचु लिम्बू साँस्कृतिक परिषद झापाको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा लोवा निर्वाचित

झापा/ किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद झापाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

आइतबार झापाको विर्तामोडस्थित चुम्लुङ्हिम कियाचु लिम्बू साँस्कृतिक परिषद केन्द्रीय अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यतामा कियाचु लिम्बू साँस्कृतिक परिषद झापाको प्रथम जिल्ला अधिवेशनबाट सर्ण लोवाको अध्यक्षतामा बीस सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गंगादेवी कन्दङ्वा,सचिवमा चन्द्र सम्बाहाङ्फे,सहसचिवमा रिपना लिम्बू, कोषाध्यक्षमा चन्द्रकला सांवा रहेका छन् भने सदस्यहरुमा क्रमश : दुर्गादेवि इङ्नाम,संगीत आङ्खेवा,सुरेश काङ्भा,मिना नेम्बाङ,आकाश लाओती,रामकुमार सम्बाहाङ्फे,दुरेश योङ्हाङ,अमृत मादेन,रिया कन्दङ्वा,अप्सरा बोखिम,बालकुमारी लक्सम,चो?लुङ्हाङ केदेम,दिलमाया पङ्धाक,परस सांवा,धनराज यक्सो आदि निर्वाचित भएका छन् ।
यसैगरी सल्लाहकारमा खेलराज योङ्हाङ,चन्द्र थेबे,बबिता फोम्बो र देशकुमारी पङ्धाक रहेका छन ।