फेदाप इसिबुमा शिक्षा मेला २०८० लाग्ने , खुल्ला पुरुष/महिला फुटबल र पुरुष भलिबल प्रतियोगिता हुने

तेह्रथुम/ फेदाप गाउँपालिका-५ इसिबुमा खुल्ला पुरुष फुटबल खेल तथा महिला फुटबल खेल पुरुष भलिबल खेल तथा विभिन्न साङ्गितिक सास्कृतिक कार्यक्रम गर्ने भएको छ।

फेदाप गाउँपालिका- ५ इसिबुमा ऐतिहासिक रुपमा लाग्दै आइरहेको शिक्षा मेला यस वर्ष पनि लाग्ने भएको छ। शिक्षा मेला फागुन ९ गते देखि फागुन १७ गते सम्म लाग्ने आयोजकले बताएको छ।

प्रतियोगिता इसिबु मा. बि को खेलमैदानमा हुने खुल्ला नकाउट पुरुष फुटबल तर्फको फागुन ६ गते बेलुका ४ बजे सम्ममा आफ्नो टिमको नाम दर्ता गरिसक्नुपर्ने छ। पुरुष तर्फको इन्ट्रि शुल्क नगद चार हजार साथ मा एक हजार डिपोजिट राख्नु पर्ने छ भने पुरुष फुटबल प्रतियोगितामा जम्मा १६ टिमलाई मात्र सहभागी गराइने छ।

खुल्ला महिला फुटबल प्रतियोगिता तर्फको फागुन ९ गते बेलुका ४ बजे सम्ममा आफ्नो टिमको नाम दर्ता गरिसक्नुपर्ने छ। महिला फुटबल तर्फको इन्ट्रि शुल्क नगद दुई हजार साथ मा पाँच सय डिपोजिट राख्नु पर्ने छ।

पुरुष भलिबल तर्फको इन्ट्रि फागुन १० गते बेलुका ४ बजे सम्ममा आफ्नो टिमको नाम दर्ता गरिसक्नु पर्ने छ। पुरुष भलिबल प्रतियोगिताको इन्ट्रि शुल्क नगद २५ सय मात्र लाग्ने छ।

पुरुष फुटबल तर्फको बिजेताले नगद एक लाख पाँच हजार तीनवर्षे रनिङ कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरुष फुटबल तर्फको उपबिजेताले नगद  ७० हजार दुई वर्षे रनिङ कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसै गरी महिला फुटबल प्रतियोगिता तर्फको बिजेताले नगद ४० हजार तीनवर्षे रनिङकप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने महिला तर्फकै उपबिजेताले नगद ३० हजार दुई वर्षे रनिङ कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पुरुष भलिबल तर्फको बिजेताले नगद ५० हजार साथमा तीन वर्षे रनिङ कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ३५ हजार साथ मा दुई वर्षे रनिङ कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

पुरुष तथा महिला फुटबल खेल प्रचलित नियमहरुबाट खेलाइनेछ भने खेलाडी संख्या ९ जना भए संगै अतिरिक्त ४ जना र साथ मा एक जना कोच अनिवार्य हुनु पर्ने छ।

पुरुष भलिबल तर्फको खेलाडी संख्या ६ जना भए संगै अतिरिक्त ३ जना हुनु पर्ने छ। खेल मा विवाद आएमा आयोजक तथा एम्पायरको निर्णयनै अन्तिम निर्णय हुने छ।

शिक्षा मेला रनिङ गोल्डकपलाई थप मनोरञ्जन दिलाउनका लागि साङ्गितिक सास्कृित लोकदोहोरी च्याब्रुङ नाच चण्डी नाच धान नाच खुल्ला डम्फु नाचको आयोजना गरिएको छ भने खुल्ला लोकदोहोरी कार्यक्रम फागुन १४ गते हुने छ। यस खुल्ला लोकदोहोरी प्रतियोगितामा सहभागी इन्ट्री शुल्क पाँच सय मात्र लाग्ने छ भने लोकदोहोरी प्रतियोगिताको बिजेताले नगद आठ हजार प्राप्त गर्ने छ। तेसै गरि लोकदोहोरी प्रतियोगिताको उपबिजेताले नगद पाँच हजार प्राप्त गर्ने छ। तेसै गरि फागुन १४ गतेका दिनै खुल्ला संगिनी कार्यक्रम प्रतियोगिता रहने छ। उक्त प्रतियोगिता मा सहभागी इन्ट्रि शुल्क पाँच सय मात्र लाग्ने छ। यस संगिनी प्रतियोगिताको बिजेताले नगद आठ हजार प्राप्त गर्ने छ भने उपबिजेताले नगद पाँच हजार प्राप्त गर्ने छ।

तेसै गरि फागुन १५ गते खुल्ला सास्कृतिक नृत्य प्रतियोगिता हुने छ उक्त प्रतियोगिता मा सहभागिताको लागि इन्ट्री शुल्क पाँच सय मात्र लाग्ने छ। यस खुल्ला सास्कृतिक नृत्य प्रतियोगिता तर्फको बिजेताले नगद १८ हजार प्राप्त गर्नेछन् भने सास्कृतिक नृत्य प्रतियोगिताको उपबिजेताले नगद १२ हजार प्राप्त गर्ने छन्। तेसै गरि फागुन १५ गतेनै च्यब्रुङ प्रतियोगिता पनि रहने छ। उक्त प्रतियोगिता मा सहभागिताको लागि इन्ट्री शुल्क पाँच सय मात्र लाग्ने छ। यस च्याब्रुङ प्रतियोगिताको बिजेताले नगद २५ हजार प्राप्त गर्नेछन्। भने च्याब्रुङ प्रतियोगिताको उपबिजेताले नगद १५ हजार प्राप्त गर्नेछन्
तेसै गरि फागुन १५ गतेका दिनै चण्डी नाच प्रतियोगिता रहनेछ। उक्त प्रतियोगिता मा सहभागिताको लागि इन्ट्री शुल्क रपाँच सय मात्र लाग्ने छ। यस चण्डी नाच प्रतियोगिताको बिजेताले नगद १५ हजार प्राप्त गर्ने छ भने चण्डी नाच प्रतियोगिताको उपबिजेताले नगद आठ हजार प्राप्त गर्ने छन्भ ने फागुन १५ गते नै धान नाच प्रतियोगिता रहने छ। उक्त प्रतियोगितामा सहभागिताको लागि इन्ट्री शुल्क पाँच सय मात्र लाग्ने छ। धान नाच प्रतियोगिताको बिजेताले नगद १२ हजार प्राप्त गर्नेछन् भने धान नाच प्रतियोगिताको उपबिजेताले नगद आठ हजार प्राप्त गर्नेछन्। तेसै गरी फागुन १५ गतेका दिनै खुल्ला डम्फु नाच प्रतियोगिता रहने छ। यस खुल्ला डम्फु प्रतियोगितामा सहभागिताको लागि इन्ट्री शुल्क पाँच सय मात्र लाग्नेछ। यश डम्फु प्रतियोगिताको बिजेताले नगद छ हजार प्राप्त गर्ने छ भने उपबिजेताले नगद पाँच हजार प्राप्त गर्ने छ।

यस ऐतिहासिक रुपमा लाग्दै आइरहेको शिक्षा मेलामा सहभागीता जनाउन खेल संयोजक सुन्दर फोम्बोले वताए ।