तेह्रथुम / लामो समय देखि स्मल बोयेल ट्युमर भई श्री वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धनकुटा जिल्ला चौबिसे गाउँपालिका-८ अठारसय निवासी ३७ वर्षिय नीर बहादुर लिम्बूलाई सयपत्री मिडिया ग्रुप प्रवास नेपाल प्रा. लि. बाट नगद ५६ हजार एक सय पच्चीस रुपैया सहयोग हस्तान्तरण गरेको छ।
बुधबार धरानमा एक कार्यक्रम गरि पीडित नीर बहादुर लिम्बूलाई यस सामाजिक कार्यमा समर्पित नेपाल सरकारद्वारा मान्यता प्राप्त सयपत्री मिडिया ग्रुप प्रवास नेपाल प्रा. लि. संस्थापक कार्यसमिति सचिव कल्पना श्रेष्ठ साथमा धनकुटा जिल्ला मार्केटिङ प्रमुख सरिता ईङ्नाम र सक्रिय सदस्य रिमा बस्नेत
मार्फत उक्त सहयोग हस्तान्तरण गरिएको सयपत्री मिडिया ग्रुपका अध्यक्ष अमृत कुरुम्बाङले जानकारी दिनुभयो।
उक्त सहयोग लिदै पीडित नीर बहादुर लिम्बूले सयपत्री मिडिया ग्रुप प्रवास नेपाल प्रा. लि. तथा सहयोगी मनहरु लाई धन्यवाद व्यक्त गर्नुभयो। स्मल बोयेल ट्युमर भएको पीडितको श्री वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेकोछ।
सयपत्री मिडिया ग्रुप प्रवास नेपालले विभिन्न खालका बिरामी पीडितको आर्थिक अवस्था हेरि ११ बर्ष अघि देखि निरन्तर सहयोग गर्दै आएको छ ।