फेदाप इसिबुको पञ्चमीमा खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने।

तेह्रथुम/ नव ज्योती स्पोर्टिङ क्लब फेदाप गाउँपालिका-५ ईसिबु पञ्चमीद्वारा खुल्ला वडा स्तरिय पुरुष भलिबल तथा विभिन्न सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।

प्रतियोगिता नव ज्योती स्पोर्टिङ क्लब पञ्चमी डांडाको खेल मैदानमा हुने खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आगामी माघ २६ गते बेलुका ५ बजे सम्ममा नाम ईन्ट्री गरिसक्नु पर्ने छ भने प्रवेश शुल्क नगद दुई हजार रहेको र खेल माघ २७ गते विहान १० बजे देखि शुरु हुने भएको छ ।