पान्थर फेदेनमा मेची इङ्लिस बोर्डिङ स्कूलमा लिम्बू भाषाको अध्ययन अध्यापन शुरु

पाँचथर, १५ माघ/ पान्थरको फेदेन न. पा.- ४ मा अवस्थित मेची इङ्लिस बोर्डिङ स्कूलमा लिम्बू भाषाको अध्ययन अध्यापन शुरु हुने भएको छ ।

आइतबार त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक तथा किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको हस्तबाहुलीबाट एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

यस शैक्षिक सत्र २०८०/०८१ देखि कक्षा ६ र ७ लाई अध्यापन गराउने र क्रमश कक्षाहरु बढाउदै लैजाने गरी लिम्बू भाषा शिक्षिकाको रुपमा अल्पाइन युनिभर्सिटी नाम्ची सिक्किमको लिम्बू डिपार्टमेन्टमा स्नातक तहमा अध्यनरत केसामहाङमा नेम्बाङलाई नियुक्ति गरिएको  प्रीन्सिपल सीता सेलिङ्ले बताइन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा कुरुम्बाङ, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष तथा प्रदेश नं. १ पुनःनामाङकन संयुक्त संघर्ष समिति संयोजक डकेन्द्रसिङ थेगिम, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल कुलपति राजेन्द्रकुमार जबेगु (हाङ्वासाङ याक्थुङ्बा),  फेदेन वडा नं. ४ का अध्यक्ष उपेन्द्र लाओती लगायतले शुभकामना मन्तव्य राखेका थिए