लाजेहाङ मुसाहाङ
मादी, १४ माघ/ किरात याक्थुङ चुम्लुङ मादी नगर समिति संखुवासभाको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ ।
शनिबार किरात याक्थुङ चुम्लुङ मादी नगर समितिको तेस्रो अधिबेशन कियाचु केन्द्रीय सदस्यद्वय शान्ता मुसाहाङ तथा मनबहादुर थक्लुङ एवं कियाचु संखुवासभा जिल्ला उपाध्यक्ष राम नयोङहाङ सङयकहाङ ज्यूहरूको उपस्थितिमा कियाचु मादीको तेस्रो नगर अधिवेशनबाट नरेन्द्रकुमारी लिङथेपको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शुक्रराज लिङथेप,सचिवमा नारायणसिंह लिङथेप,सह-सचिवमा मणिराज लिम्बू र कोषाध्यक्षमा निर्मला लिम्बू निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा क्रमश: धनप्रसाद लिम्बू,अशोक लिङथेप,सेरकुमार लिम्बू,सुष्मा लिङथेप,करूणा लिङथेप,सुमित्रा लिङथेप,चतुरमाया लिङथेप,आइतीमाया लिङथेप,चन्द्रकला लिम्बू,विक्रम लिम्बू,सरिता लिङथेप र सोमबहादुर लिम्बू रहेका छन् ।