पत्रकार भगिश्वर तेयुङको कविता सङग्रह थोःक्ला विमोचन

तेह्रथुम ९ माघ/  पत्रकार भगिश्वर तेयुङ लिम्बू (मनोज)को लिम्बू भाषाको कविता सङग्रह थोक्ला विमोचन गरिएको छ ।

मंगलबार तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा शहरी विकास मन्त्री सीता गुरुङले लिम्बूको थोक्ला सङग्रह विमोचन गर्नु भएको छ । कविता विमोचन गर्दै मन्त्री गुरुङले सबैखाले साहित्य सर्जकहरुलाई एउटै थलोमा उभ्याउनका लागी स्थानीय सरकारले समेत सहयोग गर्नु पर्ने धारणा राख्नु भएको छ ।

याक्थुङ समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्कृती प्रती मोह घट्दै गई रहेको बेला कवि भगिश्वरद्धारा कृति प्रकाशन गर्नु महत्वपुर्ण रहेको मुन्धुमविद तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले बताए ।

लिम्बू भाषा र लिपीमा पहिलो पटक प्रकाशन भएको थोःक्ला नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेली माईतीबीच आर्थिक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बू भाषमा थोःक्ला भन्ने गरिन्छ । विगत दुई दशकयता पत्रकारितमा कृयासिल हुँदै आउनु भएका भगिश्वर तेयुङ लिम्बु (मनोज)रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर,पत्रकार महासंघ तेह्रथुमका पुर्व उपाध्यक्ष हुन ।

कृति देवनारिक र सिरिजङगा लिपीमा प्रकाशन गरिएको छ । सानै उमेरदेखि साहित्यमा रुची राख्दै आउनु भएका कवि मनोजले फुटकर कविता हाँस्य व्याङग विधाहरु प्रस्तुत गर्दै आउनु भएको छ ।

यस कृतिमा गद्य र पद्य दुवै शैलीमा तयार गरी प्रकाशन गरिएका ३५ वटा कविताहरु समावेश छन ।

 

सम्बन्धित खवर