हुक्पा मादेम्बा समाजको प्रथम ऐतिहासिक सम्मेलन तेह्रथुमको प्रजाङमा सम्पन्न

तेह्रथुम/ हुक्पा मादेम्बा समाजको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ ।

तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर २ प्रजाङगमा पुस २७ र २८ गते जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिं भवनमा यावारामा हुक्पा मादेम्बा जेष्ठ नागरिक शेरबहादुर हुक्पा मादेम्बाको प्रमुख आतिथ्यतामा हुक्पा मादेम्बा समाजको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा पोक्लाबाङ यक मान्ने सेङसेङगुम फेदापहाङ सातरेका पुर्खा सन्तान हुक्पा मादेम्बा बंशावली खोजअनुसन्धान तथा प्रकाशन गर्ने विषयमा छलफल गर्नुका साथै विभिन्न निर्णयहरु गर्दै सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा फेदाप गाउँपालिका २ वडाध्यक्ष गाेविन्द प्रसाद हुक्पा मादेम्बा , हुक्पा मादेम्बा समाज धरानका सल्लाहकार तिर्थराज हुक्पा मादेम्बा लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलन हुक्पा मादेम्बा समाजका अध्यक्ष चन्द्र हुक्पा मादेम्बाको अध्यक्षतामा समपन्न भएको थियो ।

 

सम्बन्धित खवर