नाल्बो लिम्बू समाज ताप्लेजोङ शाखा तदर्थ समिति गठन

ताप्लेजङ, २८ पुस/ नाल्बो लिम्बू समाज ताप्लेजङ शाखा तदर्थ समिति आज गठन गरेको छ ।

शनिबार ताप्लेजङ जिल्लाको मेरिङ्देन गाउँपालिका- ४ स्थित लिङ्तेपको रत्न- बुध्दमती नाल्बो स्मृति भवनमा ताप्लेजङ जिल्लाबासी साङधुङगेहाङ सेरेङ नाल्बो बंशजको आम भेलाबाट गङ्गा बहादुर नाल्बो सेरेङहाङ लिम्बूको अध्यक्षतामा सात सदस्यीय नाल्बो लिम्बू समाज ताप्लेजङ जिल्ला शाखा तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा वीरबहादुर नाल्बो सेरेङ्हाङ, सचिबमा जगेन्द्र नाल्बो सेरेङहाङ, सह सचिवमा सुककला नाल्बो सेरेङहाङ, कोषाध्यक्षमा बिपना नाल्बो सेरेङहाङ,सदस्यहरुमा क्रमश: खगेन्द्र नाल्बो सेरेङहाङ र सुकलाल नाल्बो सेरेङहाङ चयन भएका छन् ।

सम्बन्धित खवर