जसपा, नेपाल ताप्लेजङ जिल्ला समिति पुनर्गठन अध्यक्षमा कृतिमान

ताप्लेजुङ,२१ पुस/ जसपा, नेपाल ताप्लेजङ जिल्ला कार्य समिति पुनःगठन भएको छ ।
शनिबार ताप्लेजङको फुङ्लिङमा जसपा,पार्टी केन्द्रीय सदस्य मचिन्द्र बेघा ज्यूको प्रमुख आतिथ्यतामा कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षद्वय भक्त येङ्देन,भरत गुरुङ,सचिवमा श्री लिङ्खिम,उप सचिवद्वयमा अरुण लेछर्वो,सरोज कङ्लिवा लगायत निर्वाचित भएका छन ।

पुनर्गगठन कार्यक्रमा जसपा,नेपाल प्रदेश न १ उपाध्यक्ष प्रेम वनेम, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष सन्जय मेवाहाङ राई, मुख्य सचिव केदार धिमाल, लिम्बुवान राष्ट्रिय कार्यकारीणी समिति सदस्य सुर्य तमु, सदस्य सुजित ओख्राबो लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार मोति पालुङवा लगायतको उपस्थिति रहेकोे थियो ।

सम्बन्धित खवर