कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार – संक्षिप्त हाक्पारे गीत कृतिलाई प्रदान गरिने

झापा,१५ पुस / कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार -२०८० साहित्यकार सेन्छेन्हाङ हरि हुक्पा चोङ्बाङको कृति संक्षिप्त हाक्पारे गीतलाई प्रदान गर्ने भएको छ ।

जनवरी १ तारिख तद्नुसार पुस १६ गते इतिहासकार इमान सिं चेम्जोङको जन्मजयन्तीको अवसरमा कियाचु झापा जिल्ला कार्यालयमा प्रदान गर्ने गरि कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार -२०८० साहित्यकार सेन्छेन्हाङ हरि हुक्पा चोङ्बाङको कृति संक्षिप्त हाक्पारे गीतलाई प्रदान गर्ने भएको छ ।

गुन्जमान सुब्बा आङ्बुहाङ स्मृति पुरस्कार छनौट समितिले निर्णय गरे अनुसार यस वर्ष झापावासी लेखक र सर्जकहरूले किरात याक्थुङ जातिको धर्म, संस्कार, संस्कृति, भाषा, साहित्यको खोज अनुसन्धान गरेका साहित्यिक र खोज–अनुसन्धानमुलक वर्ष उत्कृट कृतिलाई पुरस्कृत गरिने भए कार्यविधि अनुरुप यस वर्षदेखि वितरण गर्ने गरि स्थापना गरिएको गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार साहित्यकार सेन्छेन्हाङ हरि हुक्पा चोङ्बाङको कृति संक्षिप्त हाक्पारे गीतलाई प्रदान गरिने छनौट समिति संयोजक दुर्गा नेम्बाङले वताए ।
पुरस्कार छनौट समितिमा साहित्यकार दुर्गा नेम्बाङ,सेसेमी से–नाल्बो र रचना लाओती रहेका छन् ।