निबन्धकार प्रकाशको “शब्दथुम” निबन्ध सङग्रह विमर्श सम्पन्न

झापा / निबन्धकार प्रकाश थाम्सुहाङकृत “शब्दथुम” निबन्ध सङग्रह विमर्श सम्पन्न भएको छ ।

शनिबार झापाको दमकनगरपालिका-७ पशुहाटस्थित होटल आनन्दमा रुबाई मञ्च नेपाल केन्द्रीय समितिको आयोजना तथा नेपाल लिटरेरी ग्रुप झापा,आनन्द होटलको सहकार्यमा प्रकाश थाम्सुहाङको “शब्दथुम” निबन्ध सङग्रह विमर्श कार्यक्रम सम्पन्न भएको हो ।

“शब्दथुम” निबन्ध सङग्रह विमर्श कार्यक्रममा लीला लेखनका अभियान्ता वरिष्ठ कवि कृष्णहरि बरालको प्रमुख आतिथ्यता तथा नेपाल प्रज्ञा नेपाल प्राज्ञ सदस्यद्वय मुन्नाराज सेर्मा, सुमित्रा चेलीको विशिष्ठ आतिथ्यमा वरिष्ठ कवि प्रकाश बुढाथोकी,मिश्र बैजयन्ती एवं कान्तिपुर दैनिक स्तम्भकार दीपक सापकोटाले कृतिमाथी चर्चा परिचर्चा गरेका थिए ।

करिव अढाई घण्टा लामो कार्यक्रममा मोरङ, झापा, इलाम, पाँचथर जिल्लाका करिव तीन दर्जन बढि स्रस्टा सर्जक उपस्थित थिए ।