जसपा,नेपाल राजनैतिक प्रशिक्षण धरानमा हुने

धरान / जसपा,नेपाल लिम्बुवान राष्ट्रिय समितिको राजनैतिक प्रशिक्षण धरानमा हुने भएको छ ।

सुनसरी धरानको लाङघाली वन उपभोक्ता समूहको भवनमा जनता समाजवादी पार्टी,नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा आगामी २०८० पुस १४,१५ र १६ गते राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न हुने भएको छ ।

प्रशिक्षणका बिषय र प्रशिक्षकहरु:
(१) विधान बारे, संगठनात्मक कार्य पद्धति, पार्टीको आदर्श, अरु पार्टी भन्दा हाम्रो पार्टी बिच के फरक छ, नारा (संघीयता, शुसासन, सामाजिक न्याय र समाजवाद ) र लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, समाजवादको ऐतिहासिक पृष्ठभुमि र विकास क्रम – मा.उपेन्द्र यादव ।

(२) संघवादका आधारभुत सिद्धान्त र समाजवादको नेपाली बाटो – राजेन्द्र श्रेष्ठ ।

(३) संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलन – रकम चेम्जोङ

(४) पार्टी विधान र संगठानात्मक पद्धति – रणध्वोज कन्दङ्वा

(५) राजनीतिकमा लैङ्गिक सशक्तिकरण तथा युवा, विद्यार्थी र महिलाको भुमिका -मा.सुशीला श्रेष्ठ

(६) समानुपातिक समावेशीता र निर्वाचन सम्बन्धित कानुनहरु – पर्शुराम बस्नेत

(७) पार्टी निर्माण र विस्तार -प्रा. डा. महेन्द्र लावती

(८) लिम्बुवान प्रदेश निर्माणः इतिहास र औचित्य -दिलेन्द्र कुरुम्बाङ

(८) प्रदेश न. १ को नामाकरणले उब्जाएको द्वन्द्व पहिचानमा आधारित १० प्लस १ प्रदेशको संरचना (अबको नेपालको आठौं प्रदेश, लिम्बुवान प्रदेश ) र पार्टी निर्माणको सवाल – खगेन्द्र माखिम आदि लगायतले प्रशिक्षण गर्ने जनाईएको छ ।
उक्त कार्यक्रममा एक सय पचास जना उपस्थिति रहने जसपा,नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओतीले बताए ।

सम्बन्धित खवर