चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ झापाको पाडाजुङगीमा सम्पन्न

कमल/ झापाको कमल गा. पा.को पाडाजुङगीस्थित आदिवासी रंगशालामा आयोजित चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ ।

किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ समिकिो संयुक्त आयोजनामा बृहत् कार्यक्रमका बीच चासोक तङ्नाम ५०८३ र ३१९ औँ सिरिजंगा थेबे जन्म जयन्ती कार्यक्रम सहित सम्पन्न भएको छ ।


मंगलबार झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालामा किरात याक्थुङ चुम्लुङ संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा चासोःक् तङ्नाम तथा ३१९औँ सिरिजंगा सिथेबे जन्म जयन्ती कार्यक्रम सम्पन्न गरेको छ ।
सिरिजंगा सिंंथेबेको जन्म सन् १७०४ मा लिम्बुवानको ताप्लेजुङमा जन्मन्नु भर्ई भाषा लिपि र याक्थुङ साहित्यको प्रचार गरिरहेको अवस्थामा सन् १७४१ मा पश्चिम सिक्किमको मार्ताममा तिब्बती लामाहरुले रुखमा बाँधेर तीरले हानी हत्या गरेका थिए । याक्थुङ (लिम्बू) लिपि, साहित्यको संरक्षणमा लागेका सिरिजंगा सिंथेबेको ३१९ ओैं जन्म जयन्तीको अवसरमा शैक्षिकसत्र २०७९/०८०मा लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड याम्बोःङ् पाःन्थःरले लिएको लिम्बू भाषा साहित्य कक्षा–११ को परीक्षामा सर्वोकृष्ट अङ्क ल्याई बोर्ड टप्पर हुनेद्वय श्री सरस्वती मा.वि. केरावारी –१ पाटी मोरङका छात्रतर्फ योमन थेगिम र छात्रातर्फ सेमी आङ्देम्बेलाई किरात याक्थुङ् चुम्लुङ क्यानाडाद्वारा प्रदान गरिएको छात्रवृत्ति/पुरस्कार समेत वितरण गरेका थिए ।


कार्यक्रममा केलाङ र येलाङ (धाननाच) कार्यक्रम आयोजना गरेका थिए । साथै सांस्कृतिक कार्यक्रममा भ्वाइस अफ नेपाल किड्सकी फाइनलिस्ट रुक्साना लिम्बू, जे.वी.नेम्बाङ, कञ्चन थलङ,दीपा सुहाङ, चोलुङ केदेम, कञ्चन थलङ, दिलिप माखिम, राजन पंधाक, सुनिता सङ्यक लिम्बू,सुनिता मिभक,सिद्वान्त खडका लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा विहानको सत्रमा फेदाङ्बा विधि र किरात धर्म अनुसार सेवा गरेर न्वागी पूजा सम्पन्न भएको थियो ।
कार्यक्रम कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।