मंसिर ३० र पुस १ गते १ न. प्रदेश बन्द

दमक/ प्रदेश १ नामाकरण संयुक्त संघर्ष समितिले १ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ ।

संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै भोलि मंसिर ३० र पुस १ गते १ नम्बर प्रदेशको सबै यातायात बन्द गर्ने घोषणा गरेको छ ।

प्रेस विज्ञप्तिमा कोशी नाम खारेजी हुनुपर्छ भन्ने जनताको भावनालाई कदर गर्दै २०८० मंसिर २६ गतेदेखि मध्य पहाडी मार्ग विभिन्न चरणमा बन्दको आयोजना गरिएको जनाएको छ । कार्यक्रमलाई सफल पार्न निस्केका पूर्ब संस्कृति मन्त्री गोपाल किराती ९खोटाङबाट०, मुख्यमन्त्री केदार कार्कीलाई कालो भण्डा देखाएको आरोपमा संघर्ष समिति झापाको संयोजक पाण्डप लाल चौधरी ९झापा विर्तामोडबाट०,खोटाङ , भोजपुर, धनकुटा, तेह्रथुम ,संखुवासभा, उदयपुर लगायतबाट ३५ जना नेताहरुलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका नेताहरुलाई निस्सर्त छोडने भनिएता पनि आज तीन दिन वितिसक्दा छाड्नुको सट्टा झुटो मुद्दाहरु लगाउने ,धनकुटामा अपराधि झैँ हतकडी लगाएर अमानविय तरिकाले गिरफ्तार गर्ने ,साथै प्रदेशको नाम कोशी खारेजी गरि वार्ताको माध्यमबाट समस्या समाधान गर्न छाडेर गृह प्रशासन तथा सरकार थप दमनमा उत्रिएको कारणले बाध्य भएर यहि मंसिर ३० गते देखि पुस १ गते सम्म १ न। प्रदेश यातायात बन्द घोषणा गर्न बाध्य भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बन्दका कार्यक्रमहरु:
१. २०८० मंसिर ३० र पुस १ गते १ नं। प्रदेशभर यातायात बन्द ।
२.  यति गर्दा पनि कोशी नाम खारेजी बारे प्रदेश सभा र सरकारले पहल गर्न तथा नेताहरुलाई नछाडे अनिश्चितकालीन आम हड्ताल घोषणा गर्न बाध्य हुनेछौ ।
३. पूर्ब घोषित लेगुवाघाट—चिवाभञ्ज्याङ बन्द लगायतको कार्यक्रम निरन्तर रहने ।

सम्बन्धित खवर