पान्थर, २६ मङ्सिर/ जनता समाजवादी पार्टी, नेपाल कुम्मायक गाउँपालिका कार्य समिति पान्थरको पुनर्गठन सम्पन्न भएको छ ।
कुम्मायकको यासकमा भएको कार्यक्रममा जसपा, नेपालका केन्द्रीय सल्लाहकार/डा. महेन्द्र लाओतीको प्रमुख आतिथ्यतामा जनता समाजवादी पार्टी, नेपाल कुम्मायक गाउँपालिका कार्य समिति तारानाथ सम्बाहाङ्फेको अध्यक्षतामा ५६ सदस्यीय समिति पुनः गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा ईन्द्रकला लाओती राई, नेत्रबहादुर सम्वाहाङ्फे,सचिवमा पुर्णकुमार मिभक,उपसचिवहरुमा नितेष सम्बाहाङ्फे, अमर कुमार लाओती,कोषाध्यक्षमा तेजप्रकाश लाओती सहित ५६ सदस्यीय समिति निर्बाचित भएका छन ।
त्यसै गरी जसपा, नेपाल कुम्मायक गापा १ न. वडा कार्यसमिति तिर्थराज लाओतीको अध्यक्षतामा २३ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा साईमान लाओती,सचिबमा फुलकुमारी लाओती,सहसचिवमा लोकेन्द्र लाओती
सहित २३ सदस्यीय निर्बाचित भएको निर्वाचित अध्यक्ष सम्बाहाङ्फेले वताए।
पुनर्गठित कार्यक्रममा जसपा,नेपाल केन्द्रीय सल्लाहकार कर्ण लाओती, केन्द्रिय सल्लाहकार असिम पालुङ्वा, जसपा, नेपाल प्रदेश न. १ सदस्य बिष्णु लाओती, कुम्मायक १ यासकका निर्वाचित अध्यक्ष देबेन्द्र लाओती, लिम्बुवान राष्ट्रिय समिति सल्लाहकार चन्द्र मादेन, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओती, लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिव केदार धिमाल, लिम्बुवान राष्ट्रिय समिति सदस्य जकेन्द्र लाओती, काङ्सोरे लिम्बु, जिल्ला सदस्य पदमसुखी सम्बाहाङ्फे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम तारानाथ सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सन्चालन पुर्णकुमार मिभकले गरेका थिए ।