पाँच बुदे निर्णय पारित गर्दै लिम्बू थरगत संस्थाहरुको दुई दिने भेला सम्पन्न

धरान/ लिम्बू थरगत संस्थाहरुको दुई दिने भेला भएको छ ।

धरान १५ स्थित कियाचु चुम्लुङ भवनमा मङसिर २३ र २४ गते लिम्बूहरुको ११७ (अगुवा,अङलिङ,आङला,आङ्थुप्पो,आङ्देम्बे,आङ्बुङ,आङ्बुहाङ,इङ्नाम,इङ्वा,इङ्वारम,इजम,इमेहाङ (इम्सङ),इम्बुङ, इवाहाङ,इस्बो,कन्दङ्वा,कुरुम्बाङ,कुरुम्भङ,केदेम,केभुक (केबुहाङ),खजुम चोङ्बाङ,खजुम वयाङ,खवाहाङ,खापुङ , खिम्दिङ, खेवाङ तुम्याङ,चेम्जोङ,चोङ्बाङ खेवाहाङ,चोबेगु (जबेगु) तावाहाङ, तिगेला खेवाहाङ,तिल्लिङ,तुम्बाहाङ,तुम्बाहाङ्फे,तुम्रोक,तुम्खेवा,तेयुङ,थक्लेन सोदेम्बा,थलङ, थाम्देन/थाङ्देन,थाम्सुहाङ,थुप्पोको थेवे, थेगुवा,नयोङहाङ, नाल्बो,निङ्लेकु/खु,नेम्बाङ, नेम्बाङ (याङ्देम्बा),पंगेन्हाङ, पंधाक, पतङ्वा,पङयाङ्गु,पाङमा,पारघरी खजुम,पालुङ्वा फुरुम्बो, पाहिम, पेघा/बेघा,पोमु, फालेछुवा,फावेन फागो, फियाक,फुदोङ,बोखिम,भुसुरु, माखिम, माङमु, माङयुङ, माङ्याक खेवाहाङ, मादेन फेन्दुवा,मादेन सेरेङ,माबोहाङ, मिभक, मुसाहाङ, मेन्याङ्बो,यक्पाङ्देन,युङसाहाङ,येक्तेन, येङ्देन फेन्दुवा, योङ्या,योङ्हाङ,रुदुहाङ,लङ्वा,लाबुङ,लावती, लिङ्खिम, लिङ्थेप,लिङ्दम, लिङ्देन, लिवाङ पाङपत,लुङ्खिम्बा लिवाङ,लुम्फुङ्वा, लेवा साम्बा,लेछर्वाे , लोरिङ्देन, लोवा, वरुमहाङ, वाजी, सेर्मा, संयक तुम्सा, सम्बाहाङ्फे, साँवा,साङ्वा (पक्साङ्वा), साम्याङ्खाम,साम्रा, सिंगक,सिङ्जाङगो, सुक्वाबा, सेनेहाङ,सेरेङ चोङ्बाङ,सोदेम्वा, सोधुङ – सेन्दाङ, हाङ्गाम,हाङ्स्रोङ,हुक्पा चोङबाङ,हुक्पा मादेम्बा,हेम्ब्या,हेल्लोक) थरगत भेलाले ५ वुदे निर्णय पारित गर्दै भेला सम्पन्न गरेको हो ।

सोमबार लिम्बू थरगत सस्था सहजीकरण सचिवालयले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ ।

भेलाले परम्परागत प्रथाजनित पुख्यौली भूमीको सामुहिक स्वामित्वको अधिकार नियन्त्रण गर्नको लागि थिवोड याक्थुङ चुम्लुङ (लिम्बु ससद) आवश्यक ठहर गर्दै, प्रथाजनित संस्था चुम्लुङ पुन:र्जीवित गर्दै, तुम्याङ प्रणालीलाई अभ्यासमा ल्याउदै यसतर्फ पहल कदमी लिइने जानकारी दिएको छ ।

त्यसैगरी याक्थुङहरूको साँस्कृतिक स्थल, ऐतिहासिक स्थल, मुन्धुमी आस्थाको स्थल, चिहान, वन, चरन, खर्क, परम्परागत प्रथाजनित पुख्यौली भूमी माथि नियन्त्रण र उपभोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै अविलम्ब स्थान नाम सच्याउदै लैजाने र सम्बन्धित निकायमा अभिलेखिकरण गराइने भएको निर्णय गरेको छ ।

भेलाले लिम्बूहरुको परम्परागत प्रथाजनित पुख्यौली भूमी फिर्ता गर्नको लागि वि.सं. १८३१ को सन्धि अनुसार अन्तर्राष्ट्रिय निकायमा मुद्धा दायर गर्ने र सोको लागि एक लाख भन्दा बढी हस्ताक्षर सङ्कलन गर्ने निर्णय गरीएको छ ।

एक नम्बर प्रदेशको नाम कोशी अस्वीकार गर्ने सो नाम खारेजी गर्नु पर्ने, प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान, किरात पुनः नामाङ्कन गरिनु पर्ने र कोशी नाम खारेजी र पुनःनामाङ्कनका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्दै प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संङ्घर्ष समितिले गरेका निर्णयहरूलाई आत्मसात गर्ने निर्णय गरेको छ ।

लिम्बु थरगत संस्था मूल अभियान समितिको यस भेलाले एक महिला एक पुरूष गरी प्रत्येक थरगत संस्थाबाट दुईजना रहने गरी हाललाई २५६ सदस्यीय लिम्बु थरगत संस्था मूल अभियान समिती पुन:गठन गरियो।

बैठकले १० वटा थुमबाट एक एक जना प्रतिनिधी रहने गरी १८ जनाको सहजीकरण समूह (सचिवालय) गठन गर्ने समेत निर्णय गरेको सचिवालय सयोजक नन्द कन्दङ्वाले बताए ।

हेर्नोस विजयपुर प्रतिवद्वता पत्र 

सहजीकरण मुल अभियान समिति र सहजीकरण समूह सचिवालयको निमन्त्रणामा नेपालभरबाट ४०७ सय जना थरगत प्रतिनिधिहरु सहभागी भएका थिए ।

सम्बन्धित खवर